आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

लक्ष्यभन्दा आधाले घट्यो ठाडी भन्सारको राजस्व, गत आवमा चार करोडमात्रै संकलन

images
शनिबार, साउन १२ २०८१
images
लक्ष्यभन्दा आधाले घट्यो ठाडी भन्सारको राजस्व, गत आवमा चार करोडमात्रै संकलन

ठाडी भन्सारले गत आवमा लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेपछि चालु आवमा चार करोड २३ लाख रूपैयाँको लक्ष्य पाएको छ।

images
images

सिराहा- जिल्लाको भगवानपुर गाउँपालिका-४ ठाडीस्थित भन्सार कार्यालयको राजस्व संकलन लक्ष्यभन्दा आधाले घटेको छ। भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यभन्दा पाँच करोड रूपैयाँ राजस्व कम संकलन गरेको हो।

images
images
images

कार्यालयले गत आवमा नौ करोड नौ लाख ९३ हजार रूपैयाँ राजस्व असुली गर्ने लक्ष्य लिएकामा चार करोड १९ लाख २२ हजार रूपैयाँ राजस्व संकलन गरेको कार्यालयका सूचना अधिकारी विनय चौधरीले जानकारी दिए।

images
images

कार्यालयले राजस्व चुहावट नियन्त्रण, चोरीपैठारी रोक्न नियमित भन्सार गस्ती, सशस्त्र प्रहरी र जनपथ प्रहरीबाट चार सय ५० मुद्दा दर्ता भइ चार सय २० मुद्दाको टुंगो लागाएको सूचना अधिकारी चौधरीले बताए।

images
images

कार्यालय प्रमुख मुकेशकुमार पाठकले राजस्व असुलीमा आर्थिक मन्दीको प्रत्यक्ष असर परेको बताउँदै पर्याप्त जनशक्ति नहुँदा अवैध चोरी पैठारी नियन्त्रण गर्न कठिनाइ भइरहेको जानकारी दिए। उनले भारतबाट भित्रिने सवारीसाधन, टायल्स तथा मार्बलबाट बढी राजस्व संकलन हुने गरेको बताए। उनले पछिल्लो समय निर्यातको अवस्था पनि कमजोर रहेको उल्लेख गरे।

विसं २०७५ अघि छोटी भन्सारका रुपमा रहेको उक्त कार्यालय विसं २०७७ देखि ठाडी भन्सारका रुपमा रुपान्तरण भएको थियो। यहाँ खाद्य, पशुलगायतको क्वारेन्टिन छैन। 

'खाद्य वस्तु, पशुचौपायाको भन्सार कट्दैन। सोही कारणले राजस्व संकलनमा असर परेका हो', कार्यालय प्रमुख पाठकले भने। उनका अनुसार प्रमुखसहित १९ जनाको स्वीकृत दरबन्दी रहेकामा हाल कार्यालयमा स्थायी नौ र करारमा दुईजना कर्मचारी कार्यरत छन्।

ठाडी भन्सार कार्यालयले गत आवमा लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेपछि चालु आवमा चार करोड २३ लाख ४२ हजार रूपैयाँको लक्ष्य पाएको प्रमुख पाठकले जानकारी दिए। रासस


प्रकाशित : शनिबार, साउन १२ २०८११३:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend