बिहीबार , वैशाख १३ गते २०८१    
images
images

टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा प्रतिभा वैद्य नियुक्त

images
images
images
टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा प्रतिभा वैद्य नियुक्त
images
images

काठमाडौं- नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीकी नायब प्रबन्ध निर्देशक प्रतिभा वैद्य नियुक्त भएकी छिन्।

images
images
images

नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्रबन्ध निर्देशकको पदका लागि दरखास्त आह्वान भएको तर हाल सो प्रक्रिया रोकिएको छ। प्रक्रिया रोकिएसँगै नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कम्पनीका नायब प्रबन्ध निर्देशक वैद्यलाई मन्त्रालयको निमित्त प्रबन्ध निर्देशको जिम्मेवारी दिएको जनाएको छ।

images

सचिवस्तरको निर्णयानुसार निमित्त प्रबन्ध निर्देशक भई कामकाज गर्न जिम्मेवारी तोकिएको हो। उनले कम्पनीको नायब प्रबन्ध निर्देशकको रुपमा प्रमुख प्राविधिकअधिकृतको कार्यभार सम्हाल्दै आएकी थिइन्। उनले पुस १९ गतेदेखि निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी लिएकी छिन्। 

images

images

प्रकाशित : सोमबार, पुस १९ २०७८१२:०६

प्रतिक्रिया दिनुहोस