आइतबार, भदौ २३ गते २०८१    
images
images

हलगोरु पाल्ने किसानलाई पाँच हजार रुपैयाँ अनुदान

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन ४ २०८१
images
images
हलगोरु पाल्ने किसानलाई पाँच हजार रुपैयाँ अनुदान

नयाँ पुस्ता प्रविधितर्फ आकर्षित हुँदै गर्दा गोरुपालनका लागि नगरपालिकाले बजेट विनियोजन गरेर कार्यान्वयनमा लगेको छ। गोरु नपाल्दा गाई संरक्षणमा समेत चुनौती देखिएकाले गोरुसँगै गाई संरक्षण गर्ने नगरपालिकाको योजना हो।

images
images

बागलुङ-  बागलुङ नगरपालिकाभित्रका गोरु पाल्ने ८१ किसानले प्रोत्साहन रकम प्राप्त गरेका छन्। बागलुङ नगरपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम अन्तर्गत पाँच हजार रुपैयाँका दरले रक वितरण गरेको हो। 

images
images
images

नगरपालिकाले पछुपक्षी तथा मस्यपालन कार्यविधि २०७९ निर्माण पश्चात आर्थिक वर्ष २०८०/८१ बाट गोरु पाल्ने किसानलाई प्रोत्साहनको कार्यक्रम ल्याएको हो। नगरपालिकाले पहिलो पटक गोरुपाल्ने किसानलाई प्रोत्साहन गर्नका लागि चार लाख बजेट बिनियोजन गरेको थियो। उक्त बजेटबाट ८१ हल गोरु पाल्ने किसानले पाँच हजारका दरले अनुदान रकम लिएको नगरपालिकाले जनाएको छ। 

बढ्दो यान्त्रिकीकरणसँगै गोरु पाल्ने चलन हराउँदै गएकाले ‘हल गोरु पाल्न प्रोत्साहन एवं प्रवर्द्धनात्मक’ कार्यक्रमअन्तर्गत किसानलाई अनुदान दिइएको बागलुङ नगरपालिका पशु शाखा प्रमुख मित्रलाल सापकोटाले बताए।

उनका अनुसार बागलुङ नगरपालिकाभित्रका हल गोरु पाल्ने किसानबाट १०० निवेदन सङ्कलन भएको थियो। प्राप्त निवेदनका आधारमा अनुगमन गर्दा ८१ किसानले हलगोरु पालेको पाइएपछि पाँच हजारका दरले प्रोत्साहन रकम प्रदान गरेको नगर उपप्रमुख राजु खड्काको भनाइ छ। 

images

'एक हल गोरु पाल्ने किसानलाई पहिलोपटक नगरपालिकाले प्रोत्साहन गरेको हो, हल गोरु लोप हुन थालेपछि नगरपालिकाले संरक्षण गर्ने अभियान चालेको हो' उपप्रमुख खड्काले भने 'यो कार्यक्रम निरन्तर सञ्चालन गर्ने नगरपालिकाको योजना छ, कम्तिमा एक किसान १० हजारका दरले अनुदान दिने कार्यविधि मै उल्लेख छ, आगमी वर्ष हल गोरु पाल्ने प्रत्येक किसानलाई १० हजार दिनेगरी १० लाख बजेट बिनियोजन गर्ने योजना छ।'

नगरपालिकाले पहिलोपटक गोरुपाल्ने किसानलाई अनुदान दिन थालेपनि अनुदानका हामीजस्ता किसान उत्साहित बनेको बागलुङ नगरपालिका-१३ का टेके सार्कीले बताए। आगमी वर्ष प्रोत्साहनको रकम अझै बढ्न सके हलगोरु पाल्नेको सङ्ख्यामा वृद्धि हुने सार्कीको अपेक्षा रहेको छ। 

हाते ट्याक्टर तथा प्रविधिको बढ्दो प्रयोगका कारण पुस्तौँदेखि चल्दै आएको गोरुले जोत्ने परम्परा पनि हराउँदै गएकाले त्यसको संरक्षणका लागि नगरपालिकाले अभियानका रूपमा हल गोरु पाल्ने किसानलाई प्रोत्साहन गरिएको नगरप्रमुख बसन्तकुमार श्रेष्ठले जानकारी दिए। 

उनले मिनि टेलर हलो वितरणकार्यले गोरु पाल्ने किसानलाई निरुत्साहित भयो कि भन्ने नगरपालिकाले महशुस गरेर गरेको बताए। 

'स्थानीय तहले कृषिमा आधुनिकरणको नाममा मिनि टेलर हलो वितरण गर्ने लह्डै चलेको छ, आवश्यकताको आधारमा हेरेर आधुनिकरण पनि गर्ने हो, व्यावसायीक खेती गर्न, शहर बजार नजिकै मिनि टेलर हलो उपयुक्त भएपनि गाउँ-गाउँमा परम्परागत खेती गर्नका लागि हल गोरु नै राम्रो छ, मल मुत्रको प्रयोगसमेत कृषिमा अपरिहार्य छ भन्ने किसानले महशुस गरेका छन्' नगरप्रमुख श्रेष्ठले भने 'अब मिनिटेलर हलो बितरण गर्ने हैन हल गोरु पाल्ने किसानलाई पोषण खर्चनै दिइन्छ, गोरुपाल्दा बातावरणसमेतमा सकरात्मक असर देखिने रहेछ।'

नयाँ पुस्ता प्रविधितर्फ आकर्षित हुँदै गर्दा गोरुपालनका लागि नगरपालिकाले बजेट विनियोजन गरेर कार्यान्वयनमा लगेको छ। गोरु नपाल्दा गाई संरक्षणमा समेत चुनौती देखिएकाले गोरुसँगै गाई संरक्षण गर्ने नगरपालिकाको योजना हो।

कृषि प्रयोजन तथा प्राङ्गारिक मलका लागि गोरु पाल्दै आउनुभएका किसानलाई गोरुको संरक्षण तथा प्रोत्साहनस्वरूप अनुदान दिइने र अनुदानले गोरु पालक किसानले गोरु पाल्ने कामलाई निरनतरता दिने नगरपालिकाको योजना रहेको छ। 

नगरपालिकाको पशु शाखाले किसानको गोठमा हल गोरुपालन गरे/नगरेको, स्थानीय टोलबासी तथा जनप्रतिनिधिको स्थलगत अनुगमनपछि मात्रै अनुदान दिएको थियो। रासस


प्रकाशित : शुक्रबार, साउन ४ २०८११६:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend