आइतबार, भदौ २३ गते २०८१    
images
images

चैते धानखेतीमा किसानको आकर्षण बढाउन ८ लाख अनुदान

images
बुधबार, साउन २ २०८१
images
images
चैते धानखेतीमा किसानको आकर्षण बढाउन ८ लाख अनुदान

पोखरा महानगरले चैते धान प्रोत्साहन कार्यक्रमअन्तर्गत कृषकलाई प्रतिरोपनी नौ सय रूपैयाँका दरले अनुदान उपलब्ध गराएको हो।

images
images

गण्डकी- चैते धान खेतीमा कृषकको आकर्षण बढाउने उद्देश्यले पोखरा महानगरपालिकाले आठ लाख रूपैयाँ अनुदान सहयोग उपलब्ध गराएको छ।

images
images
images

महानगरपालिकाले वडा नं १४, १५, २६ र २७ मा चैते धान प्रोत्साहन कार्यक्रमअन्तर्गत कृषकलाई प्रतिरोपनी नौ सय रूपैयाँका दरले अनुदान उपलब्ध गराएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए।

उनका अनुसार महानगरपालिकाको वडा नं १४ र १५ मा एक सय रोपनी क्षेत्रफलमा चैते धान गरेबापत ९० हजार रूपैयाँ उपलब्ध गराइएको छ। त्यस्तै वडा नं २६ र २७ मा दुई सय २६ कृषकलाई ६ लाख ८१ हजार तीन सय अनुदान उपलब्ध गराइएको छ।

उक्त स्थानमा महानगरपालिकाले ५० प्रतिशत अनुदानमा चैते-५ जातको धानको बीउ उपलब्ध गराएको थियो। महानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को कार्यक्रमअन्तर्गत महानगरभित्र कृषि क्षेत्रमा सकृय १५ संघसंस्थालाई पाँच/पाँच हजार रूपैयाँ नगदसहित सम्मान गरेको छ।

images

अनुदान रकम हस्तान्तरण एवं कृषक सम्मान कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कृषि उत्पादनलाई जोड दिँदै महानगरपालिकाले तरकारी, फलफूल र पशुपालनमा सहयोग गर्दै आएको बताए। कृषिजन्य वस्तुको आयात प्रतिस्थापन गर्न उत्पादनलाई जोड दिनुपर्ने उनको भनाइ छ। रासस


प्रकाशित : बुधबार, साउन २ २०८११८:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend