शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

अख्तियारले एक वर्षमा २०१ एक मुद्दा दायर गर्‍यो, ५ सय बढी सरकारी कर्मचारी प्रतिवादी

images
बुधबार, साउन २ २०८१
images
अख्तियारले एक वर्षमा २०१ एक मुद्दा दायर गर्‍यो, ५ सय बढी सरकारी कर्मचारी प्रतिवादी

नक्कली शैक्षिक प्रमाणपत्र, राजस्व चुहावट, सार्वजनिक सम्पत्तिको हिनामिना लगायतका शीर्षकमा १ हजार ५ सय २० जनालाई प्रतिवादी बनाएको थियो।

images
images

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८०/८१ मा २७ हजार ३७५ ऊजुरीमाथिको अनुसन्धान सम्पन्न गरेको छ। गएको आर्थिक वर्षमा नयाँ आएका २६ हजार ५२२ र अघिल्लो वर्षबाट सेर आएका ९ हजार २६८ ऊजुरी गरी कूल ३५ हजार ७९० ऊजुरी परेका थिए। 

images
images
images

यी ऊजुरमध्ये अख्तियारले ७६ प्रतिशत फर्स्यौंट गरेको हो। 

images
images

अख्तियारले गएको वर्ष विभिन्न २०१ मुद्दा दायर गरेको छ। गैरकानूनी लाभहानी, घुस, नक्कली शैक्षिक प्रमाणपत्र, राजस्व चुहावट, सार्वजनिक सम्पत्तिको हिनामिना लगायतका शीर्षकमा १ हजार ५ सय २० जनालाई प्रतिवादी बनाएको थियो। 

images
images

प्रतिवादी बनेकमा ५२४ जना सरकारी कर्मचारी, निर्वाचित जनप्रतिनिधि १०१ जना, मनोनीति पदाधिकारी १८१ जना रहेका छन्। 

गएको वर्ष अख्तियारले नेपाल सरकारका बहालवाला मुख्यसचिव, सचिवहरू तथा स्रोतसाधनयुक्त निकायका हाकिमविरुद्ध मुद्दा चलाएको थियो। चर्चित प्रकरणमा पनि मुद्दा चलाएको अख्तियारले गत वर्ष विशेष अदालतको फैसालविरुद्ध ९१ वटा मुद्दामा सर्वोच्चमा पुनरावेदन गरेको छ।


प्रकाशित : बुधबार, साउन २ २०८११७:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend