शुक्रबार, जेठ २३ गते २०८२    
शुक्रबार, जेठ २३ २०८२
images
images

धनुषामा ४५ प्रतिशत रोपाइँ, धानखेती गर्ने जमिन घट्दै

images
शनिबार, असार २९ २०८१
images
images
धनुषामा ४५ प्रतिशत रोपाइँ, धानखेती गर्ने जमिन घट्दै

विगतमा ४८ हजार सात सय ६० हेक्टर जमिनमा धानखेती हुँदै आएका जिल्लामा हाल ४२ हजार हेक्टरमा मात्र धानखेती हुने गरेको कृषिज्ञान केन्द्र धनुषाले जनाएको छ।

images
images

जनकपुरधाम- धनुषा जिल्लामा आजसम्म ४५ प्रतिशतभन्दा बढी धान रोपाइँ भएको छ। यसवर्ष समयमै मनसुन भित्रिएकाले अहिले धान रोपाइँ धमाधम जारी छ। विगतमा ४८ हजार सात सय ६० हेक्टर जमिनमा धानखेती हुँदै आएका जिल्लामा हाल ४२ हजार हेक्टरमा मात्र धानखेती हुने गरेको कृषिज्ञान केन्द्र धनुषाले जनाएको छ।

images
images
images

वागतवानी अधिकृत प्रदीप यादवले  हालसम्ममा ४५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको जानकारी दिए। उनले भने, 'पानीका अभावमा किसानले  ढिलो गरी ब्याड राखेकोले रोपाइँ गर्न पनि केही ढिलो भएको हो।'

images
images

अधिकृत यादवका अनुसार जिल्लामा नहरलगायत विभिन्न माध्यमबाट ३५ हजार हेक्टर जमिनमा मात्र सिँचाइ सुविधा पुगेको छ। यसैगरी अझै जिल्लाका ६५ प्रतिशत खेतमा आकाशे पानीको भरमा धानखेती हुँदै आएको बताइएको छ।

images
images
images

विगतका तुलनामा धानखेती अहिले महँगो भएको छ। ट्याक्टरबाट खेत जोत्नका लागि प्रति घण्टा दुई हजार पाँच सय रूपैयाँ लिने गरेको छ भने पानीको अभाव पूरा गर्नका लागि ट्यांकरबाट खेतमा पानी हाल्न प्रतिघण्टाको रु पाँच सय तथा  प्रतिकामदार चार सय रूपैयाँ र १० किलो धान दिनुपर्ने गरेको छ। यसमा रासायनिक मलको थप मूल्य तिर्नुपर्ने हुन्छ। धानखेती महँगो भए पनि लागतअनुसार धान उत्पादनको बजार मूल्य नपाएको किसानको गुनासो छ।

गत आव २०८०/८१ मा  जिल्लामा ४२ हजार हेक्टर जमिनमा गरिएको धानखेतीमा एक लाख १७ हजार छ सय मेट्रिकटन धान उत्पादन भएको सो केन्द्रद्वारा जारी तथ्यांकमा उल्लेख छ। अघिल्लो वर्षका तुलनामा २८ हजार छ सय ८० मेटिकट्रन कम धान उत्पादन भएको बताइएको छ।

जिल्लामा करिब सात लाख जनसङ्ख्या रहेको मा ७० प्रतिशत किसान धानखेतीमा संलग्न रहेका छन्। कृषि जनगणना २०७८ अनुसार जिल्लामा बिस्तारै धानखेती घट्दै गएकाले उत्पादनमा कमी आएको जनाइएको छ। अहिले ४२ हजार हेक्टर जमिनमा धान खेती भइरहको सो गणनामा उल्लेख गरिएको छ।

आव २०७९/८० मा झापा स्थित मेची भन्सार नाकाबाट ५८ करोड ७३ लाख २९ हजार रूपैयाँ मूल्य बराबरको ९७ लाख ६५ हजार रूपैयाँ केजी चामल नेपाल भित्रिएको तथा त्यसबाट जलेश्वर भन्सार कार्यालयलाई छ करोड ९० लाख रूपैयाँ भन्सार राजस्व संकलन भएको भंसार अधिकृत सुमित गुप्ताले जानकरी दिए।

मधेस प्रदेश सरकारले कृषिमा आकर्षक नारा लगाए पनि किसानको समस्या समाधान हुन सकेको छैन। रासस


प्रकाशित : शनिबार, असार २९ २०८११४:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend