बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

भूक्षय रोक्न गण्डकीमा १६६ योजना निर्माण, ८ करोडभन्दा बढी खर्च

images
शनिबार, असार २९ २०८१
images
images
भूक्षय रोक्न गण्डकीमा १६६ योजना निर्माण, ८ करोडभन्दा बढी खर्च

'पुँजीगत शीर्षकमा एक सय ७३ वटा योजनाका लागि आठ करोड ९१ लाख ५० हजार रूपैयाँ बजेट विनियोजन भएकामा सातवटाबाहेक सबै कार्यान्वयन भए', कार्यालय प्रमुख दिवाकर पौडेलले जानकारी दिए।

images
images

म्याग्दी- म्याग्दीसहित गण्डकी प्रदेशका पाँच जिल्ला कार्यक्षेत्र भएको भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतमार्फत आर्थिक वर्ष २०८०/८१ मा एक सय ६६ योजना निर्माण गरिएका छन्। 

images
images

म्याग्दीमा १९, बागलुङमा ४७, मुस्ताङमा नौ, पर्वतमा ४५ र स्याङ्जामा ५३ वटा नदी, बाढी र पहिरो नियन्त्रणसम्बन्धी योजना निर्माण भएको कार्यालय प्रमुख दिवाकर पौडेलले जानकारी दिए।

images
images

'पुँजीगत शीर्षकमा एक सय ७३ वटा योजनाका लागि आठ करोड ९१ लाख ५० हजार रूपैयाँ बजेट विनियोजन भएकामा सातवटाबाहेक सबै कार्यान्वयन भए', उनले भने। ती आयोजनाबाट तीन हजार परिवार लाभान्वित भएका छन्।

images
images

उपभोक्ता समितिमार्फत योजना कार्यान्वयन गर्न आठ करोड २७ लाख सात हजार रूपैयाँ खर्च भएको कार्यालय प्रमुख पौडेलले बताए। पहिरो, कटान र बाढीको जोखिम भएको ठाउँमा ग्याबियन पर्खाल, तटबन्ध निर्माण गर्ने, भलबाढी तर्काउने नाली निर्माण, खोल्सी संरक्षण, पोखरी निर्माण र मर्मतसम्बन्धी काम भएको छ। समग्रमा ९५ प्रतिशत भौतिक र ८८ दशमलव ९४ प्रतिशत वित्तीय प्रगति भएको उनले जानकारी दिए। चौध वटा पानीका मुहान संरक्षण र १३ वटा पोखरी निर्माण तथा मर्मतसम्भार गरिएका छन्। कार्यालयअन्तर्गतका नर्सरीमा ६५ हजार घाँसका बिरुवा उत्पादन गरी कृषकलाई वितरण गरिएको छ। 

म्याग्दीको मालिका गाउँपालिकामा दरबाङ, फूलबारी, खोप्टी, चिउरीबोट, मंगलाको पीपलबोट, ताराखेत, थापाचौर, सिद्धथान, रघुगंगाको दर्मीजा तातोपानी कुण्ड, सिजलगाउँ बाहुनबारी, धौलागिरि गाउँपालिकाको पन्थोक भूमेथान, बेनी नगरपालिकाको चिप्लेटी बस्ती र ढोल्थान दरवार संरक्षण योजना निर्माण भएको कार्यालयका सवइञ्जिनियर देवान विकले बताए।

यसैगरी बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको मुहान संरक्षण, रघुगंगा-२ बुझबुझेमा पोखरी निर्माण र बेनपा-२ खबरामा सिम्ले पोखरी मर्मत भएको छ। आगामी आवका लागि म्याग्दीका १६ वटा योजनाका लागि ७९ हजार रूपैयाँ बजेट विनियोजन भएको कार्यालय प्रमुख पौडेलले जानकारी दिए। आव कुल १२ करोड ९० लाख बजेट प्राप्त गरेको कार्यालयमार्फत कार्यान्वयन हुने पर्वतमा ५१, बागलुङमा ४६, स्याङ्जामा ३८ र मुस्ताङमा आठ योजना छनोट भएका छन्। रासस


प्रकाशित : शनिबार, असार २९ २०८११०:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend