शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

पाडाबाच्छी हुर्काउने किसानलाई ६० लाख रूपैयाँ अनुदान

images
बिहीबार , असार २७ २०८१
images
पाडाबाच्छी हुर्काउने किसानलाई ६० लाख रूपैयाँ अनुदान

कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ मा तीन सय २७ कृषकलाई छ सय चार पाडाबाच्छी हुर्काएबापत सो रकम उपलब्ध गराएको हो।

images
images

तनहुँ- भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले पाडाबाच्छी हुर्काउने तीन सय २७ किसानलाई ६० लाख ४० हजार रूपैयाँ अनुदान उपलब्ध गराएको छ। कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ मा तीन सय २७ कृषकलाई छ सय चार पाडाबाच्छी हुर्काएबापत सो रकम उपलब्ध गराएको हो।

images
images
images

प्रतिपाडाबाच्छी १० हजार रूपैयाँका दरले किसानलाई अनुदान दिइएको केन्द्रका प्रमुख डा राजेश चौधरीले जानकारी दिए। कृत्रिम गर्भाधानबाट जन्मिएका उन्नत नश्लका पाडाबाच्छी हुर्काउन प्रोत्साहनस्वरुप अनुदानको कार्यक्रम सञ्चालन गरिएको चौधरीले बताए। कार्यक्रमका लागि ७० लाख बजेट भएपनि ८६ दशमलव २९ प्रतिशतमात्रै प्रगति भएको उनको भनाइ छ।

images
images

तीन सय ३१ कृषकबाट छ सय १८ पाडाबाच्छीको प्रस्ताव आएपनि तीन सय २७ कृषकका छ सय चार पाडाबाच्छीलाई मापदण्डका आधारमा अनुदान उपलब्ध गराइएको चौधरीले बताए।

images
images

गत वर्ष एक सय ६० जना किसानलाई जनही १० हजार रूपैयाँका दरले १६ लाख रूपैयाँ वितरण गरिए पनि यस वर्ष यो कार्यक्रममा कृषकको आकर्षण बढेको चौधरीले उल्लेख गरे। डा चौधरीका अनुसार जन्मिएको दर्ता गरी हुर्किएको देखाएपछि किसानले अनुदान पाउने व्यवस्था गरिएको छ। गण्डकी प्रदेश सरकारले उन्नत जातका भैँसी तथा गाईमा आत्मनिर्भर बन्न पाडापाडी तथा बाच्छाबाच्छी संरक्षण गर्ने कार्यक्रम अगाडि बढाएको थियो।

नेपालमा अभाव हुने गरेकाले मुर्रा भैँसी र जर्सी गाई भारतबाट आयात गर्नुपर्ने बाध्यता रहेको छ। केन्द्रका प्रमुख डा चौधरीले भने, 'अनुदान पाएपछि किसानले हुर्काउँछन्, यसले दीर्घकालीनरूपमा परनिर्भरता हटाउन सहयोग पुग्ने विश्वास गरिएको छ।'

केन्द्रका अनुसार व्यास नगरपालिकाका एक सय सात कृषकका दुई सय आठ, शुक्लागण्डकी नगरपालिकाका तीन किसानका आठ, भानु नगरपालिकाका २८ किसानका ४५, आँबुखैरेनी गाउँपालिकाका ५० किसानका ८४, बन्दीपुर गाउँपालिकाका एक सय पाँच किसानका दुई सय २१, म्याग्दे गाउँपालिकाका २१ किसानका २५, ऋषिङ गाउँपालिकाका एक किसानका एक र देवघाट गाउँपालिकाका १२ किसानका १२ पाडाबाच्छीलाई प्रोत्साहन स्वरुप अनुदान दिइएको छ। रासस


प्रकाशित : बिहीबार , असार २७ २०८११७:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend