शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

पर्सामा ६० प्रतिशत रोपाइँ सम्पन्न

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असार २५ २०८१
images
images
पर्सामा ६० प्रतिशत रोपाइँ सम्पन्न

पर्सामा ४७ हजार १ सय ३० हेक्टरमा धानखेती हुने गरेको छ। केन्द्रका अनुसार साउनको दोस्रो सातासम्म पर्सा जिल्लाका सबै ठाउँमा रोपाइँ सकिने छ।

images
images

पर्सा- जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार आजसम्म पर्सामा ६० प्रतिशत रोपाइँ भएको छ। हालसम्म २८ हजार २ सय ७८ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको हो।

images
images
images

पर्सामा ४७ हजार १ सय ३० हेक्टरमा धानखेती हुने गरेको छ। केन्द्रका अनुसार साउनको दोस्रो सातासम्म पर्सा जिल्लाका सबै ठाउँमा रोपाइँ सकिने छ।

विगतको वर्षको तुलनामा यो वर्ष मनसुन पनि चाँडो भित्रिएको र भारतीय पक्षले गण्डक नहरबाट पानी पनि उपलब्ध गराएकाले रोपाइँले गति लिएको हो।

images

पर्सामा आव २०७८/७९ मा दुई लाख ३३ हजार एक सय ३५ मेट्रिक टन उत्पादन भएको थियो। यहाँ हरदिनाथ, सोनामन्सुली सावित्री जातका धान रोप्ने गरिन्छ। रासस

images


प्रकाशित : मंगलबार, असार २५ २०८११७:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend