शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

मेचीनगरले दियो तोरीखेती गर्ने किसानलाई २६ लाख ८३ हजार रुपैयाँ अनुदान

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असार १८ २०८१
images
images
मेचीनगरले दियो तोरीखेती गर्ने किसानलाई २६ लाख ८३ हजार रुपैयाँ अनुदान

तोरीखेती गर्ने किसानलाई अनुदान रकम भुक्तानी गरिने व्यवस्थाअनुसार ८ हजार ९ सय ९० कठ्ठा जग्गामा तोरीखेती गरेका किसानलाई अनुदान रकम वितरण गरिएको हो।

images
images

झापा- मेचीनगर नगरपालिकाले तोरीखेती गर्ने किसानलाई २६ लाख ८३ हजार रुपैयाँ अनुदान प्रदान गरेको छ।

images
images
images

चालु आर्थिक वर्षमा नगरका १५ वडामा रहेका आठ सय ३३ किसानलाई तोरीखेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत अनुदान सहयोग उपलब्ध गराएको हो। 

कृषि शाखा प्रमुख टेकेन्द्र प्रधानले नगरलाई तोरीमा आत्मनिर्भर बनाउने उद्देश्यले तोरी खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको र कृषकलाई प्रोत्साहनका लागि अनुदान सहयोग प्रदान गरेको बताए। उनका अनुसार नगरले तोरी खेती प्रवर्द्धनका लागि किसानलाई उत्पादनसँग जोड्न एक किलोग्राम तोरी उत्पादनमा १५ रुपैयाँ अनुदानको व्यवस्था गरेको थियो। 

images

कम्तीमा पाँच कठ्ठादेखि बढीमा एक बिघा जमिनमा तोरीखेती गर्ने किसानलाई अनुदान रकम भुक्तानी गरिने व्यवस्थाअनुसार ८ हजार ९ सय ९० कठ्ठा जग्गामा तोरीखेती गरेका किसानलाई अनुदान रकम वितरण गरिएको कृषि शाखा प्रमुख प्रधानले जानकारी दिए। रासस  

images


प्रकाशित : मंगलबार, असार १८ २०८११३:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend