शुक्रबार, फागुन २ गते २०८१    
शुक्रबार, फागुन २ २०८१
images
images

३ करोड ५७ लाखमा राउते खोलामा पक्की पुल निर्माण

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार १४ २०८१
images
images
३ करोड ५७ लाखमा राउते खोलामा पक्की पुल निर्माण

राउते खोला पुलले साविकको वडा नं ७ राउते र साविकको वडा नं ५ लेखर्कलाई जोडेको छ। पक्की पुल बनेपछि यातायातका साधन सञ्चालनमा सहजता भएको छ।

images
images

भोजपुर- राउते खोला पक्की पुल निर्माण भएको छ। भोजपुरको टेम्केमैयुङ-९ भएर बग्ने यो खोलामा पूर्वाधार विकास कार्यालयले ३ करोड ५७ लाख रुपैयाँ लागतमा पुल निर्माण गरेको हो।

images
images
images

'राउते खोला पक्की पुल निर्माणअवधिभन्दा १५ महिनाअघि सम्पन्न गर्न सफल भएका छौँ, स्थानीयले भोगेको समस्यालाई ध्यानमा राखेर निर्माणको कामलाई तीव्रता दिइएको हो। पुल बनेसँगै स्थानीयलाई सहज भएको छ', उक्त कार्यालय भोजपुरका प्रमुख राजेश्वर महतोले भने। 

images
images

राउते खोला पुलले साविकको वडा नं ७ राउते र साविकको वडा नं ५ लेखर्कलाई जोडेको छ। पक्की पुल बनेपछि यातायातका साधन सञ्चालनमा सहजता भएको सवारीचालक मिलन तामाङले बताए। रासस 

images
images
images


प्रकाशित : शुक्रबार, असार १४ २०८११०:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend