शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

नेपाल र बंगलादेश जोडेर रेलवे विस्तार गर्दै भारत, नेपालतर्फ मात्रै २ सय किलाेमिटर विस्तार गर्ने प्रस्ताव

बुधबार, असार ५ २०८१
नेपाल र बंगलादेश जोडेर रेलवे विस्तार गर्दै भारत, नेपालतर्फ मात्रै २ सय किलाेमिटर विस्तार गर्ने प्रस्ताव

यो रेलवे रुटअन्तर्गत बंगलादेशमा ५ सय किलोमिटर पर्नेछ। त्यस्तै नेपालतर्फ २ सय किलोमिटरभन्दा बढी रेलवे रुट पर्नेछ।

काठमाडौं- भारतले दुई छिमेकी देशसमेतलाई समेटेर रेलवे सेवा विस्तार गर्ने भएको छ। भारतले उत्तरपूर्वी क्षेत्रलाई समेट्ने गरी नेपाल र बंगलादेश जोड्ने गरी रेलवे सेवा विस्तार गर्न लागेको हो।

यसरी विस्तार गरिने रेलवे सेवाले उत्तरपूर्वी क्षेत्रमा हुने यात्राको समय कम हुने अपेक्षा गरिएको छ। यो सेवा विस्तारका लागि भारतीय रेलवेजले काम गरिरहेको छ। यो रेलवे रुट बनेमा भारतको पश्चिम बंगालको सिलिगुढी क्षेत्रमा जान नपर्ने अपेक्षा गरिएको छ।

भारतीय रेलवेजले गरेको फाइनल लोकेसन सर्भेअनुसार यो रुटको दुरी १ हजार २ सय ७५.५ किलोमिटर हुनेछ। फाइनल लोकेसन सर्भेका आधारमा नेपाल र बंगलादेशलाई समेटेर बनाइने यो रेवले रुटले भारतको उत्तरपूर्वी क्षेत्र जोड्ने वैकल्पिक रुट बन्ने छ। 

यो रेलवे रुटअन्तर्गत बंगलादेशमा ५ सय किलोमिटर पर्नेछ। त्यस्तै नेपालतर्फ २ सय किलोमिटरभन्दा बढी रेलवे रुट पर्नेछ। नेपालतर्फको रुटमा भने पूरै नयाँ बनाउनुपर्ने द हिन्दू बिजनेसलाइनले लेखेको छ। साथै भारतको उत्तरपूर्वी क्षेत्रमा २ सय १२ किलोमिटर रेलवे रुट विस्तार आवश्यक देखिएको छ।

त्यस्तै करिब २ सय ५० किलोमिटर नयाँ लाइन भने पश्चिम बंगाल, बंगलादेश र मेघालयमा जोडिनेछ। पश्चिम बंगाल र बंगलादेश रुटमा क्रमशः ८० र ६० किलोमिटर नयाँ रेलवे लाइन बन्नेछ।

नेपालतर्फको नयाँ रुटमा विराटनगर-न्यू मल १ सय ९० किलोमिटर बन्ने छ। यसले नेपाल र भारतबीचको आवतजावत सहज बनाउने छ। त्यस्तै गलगालिया भद्रपुर काजली बजार खण्डमा पनि नयाँ रुट नै बनाउनुपर्ने छ। भारतको पश्चिम बंगालमा पनि १ सय ७० किलोमिटर, १८ किलोमिटर र २५ किलोमिटरको नयाँ खण्ड बनाउनुपर्ने छ।


प्रकाशित : बुधबार, असार ५ २०८१११:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend