बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

तनहुँको ढाँडखोला निबुस्वाँरामा ७१ लाख रुपैयाँ खर्चेर झोलुङ्‍गे पुल निर्माण गरिँदै

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असार २ २०८१
images
images
तनहुँको ढाँडखोला निबुस्वाँरामा ७१ लाख रुपैयाँ खर्चेर झोलुङ्‍गे पुल निर्माण गरिँदै

विसं २०८० जेठ ३ गते पुल निर्माणको सम्झौता भएको थियो। सम्झौताअनुसार आगामी असार मसान्तसम्ममा निर्माण पूरा गर्नुपर्ने छ।

images
images

तनहुँ- भानु नगरपालिकाका दुई वडा जोड्ने ढाँडखोला निबुस्वाँरामा १ सय २० मिटर लामो झोलुङ्‍गे पुल निर्माण सुरु भएको छ। 

images
images

भानु नगरपालिका, झोलुङ्‍गे पुल क्षेत्रफल कार्यक्रम, गण्डकी प्रदेश सरकारको सहयोगमा निर्माण हुने पुलको शनिबार शिलान्यास भएको हो।

images
images

भानु नगरपालिका-१ साखेटार र वडा नं ५ ढाँडखोला जोड्ने पुल निर्माणका लागि संघीय सरकारको ८५ प्रतिशत, स्थानीय सरकारको १३ प्रतिशत लगानी रहने छभने स्थानीय उपभोक्ताले दुई प्रतिशत साझेदारी गर्ने छन्। 

images
images

भानु नगरपालिका-५ का वडाध्यक्ष नहकुल अधिकारीले पुलको शिलान्यास गरेका हुन्। उनका अनुसार ७१ लाख ३१ हजार ५ सय १८ रुपैयाँको लागतमा पुल निर्माण हुनेछ।

विसं २०८० जेठ ३ गते पुल निर्माणको सम्झौता भएको थियो। सम्झौताअनुसार आगामी असार मसान्तसम्ममा निर्माण पूरा गर्नुपर्ने छ। रासस


प्रकाशित : आइतबार, असार २ २०८१०९:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend