मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

विराटनगरमा सुरु भयो सडक सुन्दर बनाउने अभियान

images
शनिबार, असार १ २०८१
images
विराटनगरमा सुरु भयो सडक सुन्दर बनाउने अभियान

फूल र बिरुवाको सुरक्षाका लागि तारजाली लगाउन, फूल रोप्ने ठाउँमा खाल्डो खन्ने, मल हाल्नेलगायत कार्य सम्पन्न भएको छ।

images
images

मोरङ- विराटनगरलाई सुन्दर सहरका रुपमा विकास गर्ने अभियानअन्तर्गत बरगाछी-रानी सडक सौन्दर्य परियोजनाको आज शुभारम्भ गरिएको छ। 

images
images
images

महानगरपालिका प्रमुख नागेश कोइरालाले विराटनगर-६ र ९ स्थित भट्टीचोकमा रहेका डिभाइडरको बीचमा आज फूलका बिरुवा रोपेर अभियानको शुभारम्भ गरेका हुन्।

images
images

महानगर प्रमुख कोइरालाले रोपिएका फूल एवं बिरुवा संरक्षणका लागि नगरवासीलाई आग्रह गर्दै आगामी दिनमा थप क्षेत्रमा अभियान सञ्चालन गरिने र यसलाई नगरको गहनाका रुपमा लिनुपर्ने बताए।

images
images

महानगरमा रहेका वित्तीय संस्थाको सहयोगमा वरगाछीदेखि रानीसम्म पाँच किलोमिटर क्षेत्रमा ५५ लाख रूपैयाँको लागतमा आगामी एक वर्षभित्र ४६ वटा मिडियम (डिभाइडर) सडक सौन्दर्य अभियान सम्पन्न गरिने अभियान उपभोक्ता समितिका अध्यक्ष बेनीगोपाल मुण्दडाले जानकारी दिए।

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई र महानगरकी उपप्रमुख शिल्पा कार्कीले नगर क्षेत्रलाई सुन्दर बनाउन अभियानबाट मद्दत हुने बताए। फूल र बिरुवाको सुरक्षाका लागि तारजाली लगाउन, फूल रोप्ने ठाउँमा खाल्डो खन्ने, मल हाल्नेलगायत कार्य सम्पन्न भएको छ। रासस


प्रकाशित : शनिबार, असार १ २०८११६:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend