मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

महोत्तरीका उखु किसानले पाए एक अर्ब ६१ करोड भुक्तानी

images
शनिबार, असार १ २०८१
images
महोत्तरीका उखु किसानले पाए एक अर्ब ६१ करोड भुक्तानी
फाइल तस्बिर

समयमै भुक्तानी पाएपछि उत्साहित भएका उखु किसानले थप जमिनमा उखु रोप्ने बताएका छन्।

images
images

जलेश्वर- महोत्तरी जिल्लाको गौशाला नगरपालिका-१ रामनगरमा अवस्थित एभरेष्ट सुगर मिलबाट उखु किसानले एक अर्ब ६१ करोड १० लाख ६३ हजार रूपैयाँ भुक्तानी लिएका छन्।

images
images
images

एभरेष्ट सुगर मिलका वित्तीय महाप्रबन्धक विमलचन्द्र ठाकुरले १४ हजार पाँच सय किसानलाई उक्त रकम भुक्तानी दिइएको  बताए। उनले भने, 'चालु आर्थिक वर्षको किसानको बक्यौता चुक्ता भएको छ।'

images
images

समयमै भुक्तानी पाएपछि उत्साहित भएका उखु किसानले थप जमिनमा उखु रोप्ने बताएका छन्। गौशाला नगरपालिका-११ का किसान दिनेश कुशवाहाले थप जमिनमा खेती बढाउने बताए।

images
images

उक्त मिलले चालु आर्थिक वर्षमा महोत्तरी, धनुषा, सर्लाही र रौतहटका १४ हजार चार सय ४४ जना किसानबाट २९ लाख चार हजार पाँच सय ११ क्विन्टल उखु खरिद गरेर कुल दुई लाख ६४ हजार चार सय ९१ क्विन्टल चिनी उत्पादन गरेको महाप्रबन्धक ठाकुरले जानकारी दिए। रासस


प्रकाशित : शनिबार, असार १ २०८११६:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend