आइतबार, भदौ २३ गते २०८१    
images
images

रत्नेचौर-भकुण्डे-भकिम्ली सडक : अर्थ मन्त्रालयले बजेट पठाएपछि तीव्ररुपमा अघि बढ्यो स्तरोन्नतिको काम

images
शनिबार, असार १ २०८१
images
images
रत्नेचौर-भकुण्डे-भकिम्ली सडक : अर्थ मन्त्रालयले बजेट पठाएपछि तीव्ररुपमा अघि बढ्यो स्तरोन्नतिको काम

अर्थ मन्त्रालयले बजेट पठाउन ढिला गरेका कारण गत पुसदेखि फागुनसम्म करिब तीन महिला सुस्त गतिमा हुँदै आएको थियो। सडक स्तरोन्नतिको काम फागुन अन्तिम साता अर्थ मन्त्रालयले बजेट पठाएपछि तीव्र रुपमा सञ्चालन भइ अहिलेसम्म ५५ प्रतिशत काम पूरा भएको हो।

images
images

गलेश्वर- बाटो खुलेको २५ वर्षपछि म्याग्दीको रत्नेचौर-भकुण्डे-भकिम्ली नौ किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्र गर्ने कामले गति लिएको छ। अर्थ मन्त्रालयले बजेट पठाउन ढिला गरेका कारण गत पुसदेखि फागुनसम्म करिब तीन महिला सुस्त गतिमा हुँदै आएको थियो। सडक स्तरोन्नतिको काम फागुन अन्तिम साता अर्थ मन्त्रालयले बजेट पठाएपछि तीव्र रुपमा सञ्चालन भइ अहिलेसम्म ५५ प्रतिशत काम पूरा भएको हो।

images
images
images

विसं २०५६ मा बाटो खोलिएको बेनी नगरपालिका-१, २ र ३ का बासिन्दाले प्रयोग गर्ने उक्त सडक ‘एक निर्वाचन क्षेत्र एक सडक’ आयोजनाअन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयले स्तरोन्नति तथा कालोपत्रको काम थालेको हो।

सडक निर्माणका लागि विसं २०७९ भदौ ६ गते गजेन्द्र-नयाँबाटो जेभी र सडक डिभिजन कार्यालय बागलुङबीच भ्याटबाहेक २३ करोड ३२ लाख रूपैयाँमा ३० महिनामा निर्माण सक्नेगरी ठेक्का सम्झौता भएको थियो। 

निर्माण कम्पनीका सञ्चालक अरुण सेढाइँका अनुसार २०८१ चैत मसान्तसम्म निर्माण सम्पन्न गरिसक्ने सम्झौताअनुसार अहिले काम भइरहेको छ। 'सडक स्तरोन्नति तथा कालोपत्र योजनाको ५५ प्रतिशत काम पूरा भएको छ,' ठेकेदार कम्पनीका सञ्चालक सेढाइँले भने, 'अहिले तीन फेसमा काम भइरहेको छ, ढाँडखर्क, भकुण्डे र तमाने क्षेत्रमा सडक चक्लाउने, पर्खाल लगाउने र नाली बनाउने काम अन्तिम चरणमा पुगेको छ।'

images

आगामी पुससम्म स्तरोन्नतिका सम्पूर्ण काम सम्पन्न गरेर माघदेखि कालोपत्र गर्ने योजना रहेको उनले बताए। 'सडकलाई नौ मिटर फराकिलो बनाएर सात किलोमिटर डिबिएसडी प्रविधिको कालोपत्र र दुई किमी आरसिसी ढलान गर्ने सम्झौता भएको हो, निर्धारित समयमा नै सडकको काम सकेर सडक डिभिजन कार्यालयलाई सडक हस्तान्तरण गर्ने योजनका साथ काम गरिरहेका छौँ,' सेढाइँले भने।

घुम्ती तथा मोड सुधार र ग्रेड मिलाउने काम पनि सकिएको उनले बताए। हाल चारदेखि पाँच मिटर फराकिलो सडक हिउँदमा धुलाम्मे र हिउँदमा हिलाम्मे हुने समस्या थियो। संघीय सरकारले प्रत्यक्ष निर्वाचित सांसदको सिफारिसमा सबै निर्वाचन क्षेत्रमा एक/एकवटा रणनीतिक महत्वको सडक आयोजना सञ्चालन गर्न ४०/४० करोड रूपैयाँ विनियोजन गरेको थियो। 

पहिलो चरणमा उपल्लाचौरदेखि नौ किलोमिटर दुरीमा पर्ने बेनी नगरपालिका-३ तोराखेतसम्म कालोपत्र गर्ने लक्ष्य रहेको छ।

संघीय सरकारकै बजेटबाट सडकको प्रवेशबिन्दुमा पर्ने रत्नेचौरदेखि उपल्लाचौरसम्म एक किमी तीन सय मिटर कालोपत्र र तीन सय मिटर सडक ढलान गरिएको थियो।

यसैगरी भकिम्ली-बरङ्जा-अर्मनको किमचौर हुँदै ताराखोलासम्म मार्ग खोलिसकिएको छ। रासस


प्रकाशित : शनिबार, असार १ २०८११५:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend