मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन : एआईमार्फत कार्यक्रमका अतिथि र सहभागीलाई स्वागत

images
शनिबार, असार १ २०८१
images
आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन : एआईमार्फत कार्यक्रमका अतिथि र सहभागीलाई स्वागत

कार्यक्रमका वक्तासमेत रहेका आमसञ्चार एवं पत्रकारिताका प्राध्यापक डा. भानुभक्त आचार्यले उक्त प्रयोगले एआईले व्यक्तिको क्षमता अभिवृद्धि गरेर थोरै समयमा धेरै काम गर्न सकिने सन्देश दिएको बताए।

images
images

काठमाडौं- राजधानीमा शनिबार आयोजित राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन २०८१ मा कृत्रिम बौद्धिकताको प्रयोग गरिएको छ। डिजिटल मिडिया फाउण्डेशनले आयोजना गरेको सम्मेलनमा कार्यक्रमका अतिथि र सहभागीलाई एआईले मन्तव्यमार्फत स्वागत गर्नुका साथै कार्यक्रमबारे प्रकाश पारेको हो।

images
images
images

आयोजक संस्था डिजिटल मिडिया फाउण्डेशनका अध्यक्ष एवं डिजिटल मिडिया विज्ञ प्रवेश सुवेदीले मोबाइल फोनमार्फत स्वागत मन्तव्यका लागि (प्रम्प्ट) निर्देशन दिए। लगत्तै एआई प्लाटफर्म च्याट जीपीटीले कार्यक्रमका प्रमुख अतिथि अर्थमन्त्री वर्षमान पुनसहित अतिथिहरुलाई  मन्तव्यमार्फत स्वागत गर्‍यो।

images
images

मन्त्री पुनसहित हलमा सहभागीले नयाँ प्रयोगबाट उत्साहित हुँदै ताली बजाए। त्यसलगत्तै एआईकै प्रयोग गरी तयार पारिएको भिडियोमार्फत कार्यक्रमबारे प्रकाश पारियो। भिडियोमा टेलिभिजन कार्यक्रम प्रस्तोताझैँ लाग्ने टाई सुटमा ठाँटिएका एक युवकले  (कृत्रिम बौद्धिकता) सम्मेलनको आवश्यकता, एआईले विश्वभर र नेपालमा ल्याउन सक्ने अवसर र चुनौती तथा सञ्चार माध्यमको भविष्य, सार्वजनिक सेवाको प्रयोगलगायत विषयमा प्रकाश पारेका थिए। उक्त प्रयोगबारे कार्यक्रमका सहभागीले खुसी व्यक्त गरेका थिए । 

images
images

कार्यक्रमका वक्तासमेत रहेका आमसञ्चार एवं पत्रकारिताका प्राध्यापक डा. भानुभक्त आचार्यले उक्त प्रयोगले एआईले व्यक्तिको क्षमता अभिवृद्धि गरेर थोरै समयमा धेरै काम गर्न सकिने सन्देश दिएको बताए। 

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष एवं अनलाइनखबर डटकमका सम्पादक शिव गाउँलेले एआईको प्रयोगले तथ्य पहिचान, परीक्षण र प्रस्तुतिमा पत्रकारिता क्षेत्रले लाभ लिन सक्ने सम्भावना देखिएको उल्लेख गरे। तर, एआईको प्रयोगमा पत्रकारले हमेसा होसियारी अपनाउनुपर्ने उनको प्रतिक्रिया थियो। 


प्रकाशित : शनिबार, असार १ २०८१११:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend