काठमाडौं- प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न शीर्षकमाथि छलफल जारी छ।
विनियोजन विधेयकमाथि जारी छलफलअन्तर्गत आज वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल भएको हो।
सांसदहरु जनार्दन शर्मा, सोविता गौतम, अम्बरबहादुर थापा, डा वीरेन्द्रप्रसाद महत्तो, विनिताकुमारी सिंह, लालवीर चौधरी, प्रभु साह, योगेन्द्र मण्डल, दीपक गिरी, विद्या भट्टराई, राजकुमार राई, ज्ञानेन्द्रबहादुर कार्की, एकनाथ ढकाल, उर्मिला माझी, शिव नेपाली, मोहनबहादुर बस्नेत, ऋषिकेश पोखरेल, दुर्गा राई, दिलेन्द्रप्रसाद बडू, मनबहादुर गुरुङ, असिम शाह, उर्मिला माझी, दुर्गा राईलगायतले छलफलमा भाग लिइ आफ्ना धारणा व्यक्त गरेका थिए। रासस