काठमाडौं- इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र ईद (उल-अजहा) का दिन सार्वजनिक बिदा दिने निर्णयअनुसार आउँदो असार ३ गते बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ।
गृह मन्त्रालयले आज शुक्रबार एक सूचना जारी गर्दै असार ३ गते सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ।
'२०८० माघ २९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्बीहरुको पर्व बक्र ईद (उल-अजहा) का दिन सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त पर्वको अवसरमा मिति २०८१ साल असार ३ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ' सूचनामा भनिएको छ।