बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

पृथ्वीराजमार्गको फिस्लिङमा बस र कार ठोक्किए, २० जना घाइते

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ ३२ २०८१
images
पृथ्वीराजमार्गको फिस्लिङमा बस र कार ठोक्किए, २० जना घाइते

ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार कारमा सवार पाँचजना गम्भीर घाइते छन्। बसमा ४५ जना यात्री थिए। सबै यात्रीको अवस्था सामान्य छ।

images
images

धादिङ- पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजारनजिक आज शुक्रबार बिहान दुईवटा सवारीसाधन ठोक्किँदा २० जना घाइते भएका छन्। घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर छ।

images
images
images

नेपालगञ्जबाट काठमाडौंतर्फ गइरहेको भे १ ख ४०६० नम्बरको यात्रीबस त्रिशूली नदी किनारमा खसेको छ। काठमाडौंबाट मुग्लिनतर्फ गइरहेको बागमती प्रदेश ०२-०३९ च ३७२० नम्बरको कार एकापसमा ठोक्किँदा बस नदी किनारमा खसेको हो। कारलाई जोगाउन खोज्दा बस नदीमा किनारमा खसेको एकजना प्रत्यक्षदर्शीले बताए।

images
images

जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार कारमा सवार पाँचजना गम्भीर घाइते छन्। बसमा ४५ जना यात्री थिए। सबै यात्रीको अवस्था सामान्य छ।

images
images

गम्भीर घाइते भएका कारमा सवार सबैलाई उपचारका लागि चितवन पठाइएको गजुरीस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिए। रासस


प्रकाशित : शुक्रबार, जेठ ३२ २०८१०९:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend