बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

१४ करोड २७ लाखमा सम्झौता भएको तामाकोशीको पुल निर्माणमा ढिलासुस्ती, चार वर्षमा तीन प्रतिशत प्रगति

images
बिहीबार , जेठ ३१ २०८१
images
१४ करोड २७ लाखमा सम्झौता भएको तामाकोशीको पुल निर्माणमा ढिलासुस्ती, चार वर्षमा तीन प्रतिशत प्रगति

पुष्पलाल राजमार्गका सूचना अधिकारी हर्कबहादुर प्रधानले निर्माण कम्पनीले काम नगरे पेस्की रकम जफत गरिने बताए।

images
images

रामेछाप- पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गतको तामाकोशीको सेलेघाट नजिक निर्माणाधीन पुल निर्माण कम्पनीको लापरबाहीले अलपत्र परेको छ।

images
images
images

विसं २०८० असार २६ गते काम सम्पन्न गर्ने गरी कालिका/प्यासिफिक जेभीले २०७७ असार २६ गते निर्माणको जिम्मा लिएकामा हालसम्म खासै प्रगति भएको छैन। उक्त कम्पनीले १४ करोड २७ लाखमा निर्माण पूरा गर्नेगरी सरकारसँग सम्झौता गरेको थियो। 

images
images

पुष्पलाल राजमार्गका सूचना अधिकारी हर्कबहादुर प्रधानका अनुसार निर्माण कम्पनीले पेस्कीबापत ७१ लाख ३५ हजार रूपैयाँ लिइसकेको छ। उनले भने, 'उक्त पुल निर्माणको वित्तीय प्रगति शून्य छ। भौतिक प्रगति भने तीन प्रतिशत भएको छ।'

images
images

निर्माण कम्पनी म्याद थपका निम्ति आवेदन गरेको तथा त्यो विचाराधीन रहेको जानकारी दिँदै उनले काम नगरे पेस्की रकम जफत गरिने बताए। रासस


प्रकाशित : बिहीबार , जेठ ३१ २०८१११:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend