बुधबार, माघ ३० गते २०८१    
बुधबार, माघ ३० २०८१
images
images

सन् २०२५ को मध्येसम्ममा १ लाख चिनियाँलाई नेपाल भ्रमणमा पठाउने चिनियाँ मन्त्रीको घोषणा, चीन-भैरहवा सिधा उडान हुने

images
बुधबार, जेठ ३० २०८१
images
images
सन् २०२५ को मध्येसम्ममा १ लाख चिनियाँलाई नेपाल भ्रमणमा पठाउने चिनियाँ मन्त्रीको घोषणा, चीन-भैरहवा सिधा उडान हुने

चीन सरकारले भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट चीन-भैरहवा सिधा नियमित उडानको तयारी भएकोसमेत उनले जानकारी दिए।

images
images

काठमाडौं- चीनका राष्ट्रिय धार्मिक सांस्कृतिक मामिला मन्त्री छेङ रुइफेङले एक वर्षभित्रै नेपालमा १ लाख चिनियाँ पर्यटक पठाउने घोषणा गरेका छन्।

images
images
images

मत्री छेङले सन् २०२५ को मध्येसम्ममा एक लाख चिनियाँ नागरिकलाई नेपाल भ्रमणमा पठाउनेगरी कार्य भइरहेको बताएका हुन्।

images
images

मन्त्री छेङले भैरहवाका व्यवसायीहरूसँगको छलफलमा चिनियाँ पर्यटक संसारभर धेरै घुम्न निस्कने गरेको र नेपालमा अब वार्षिक १ लाखभन्दा बढी चिनियाँ नेपाल पठाउनेगरी काम भइरहेको बताए।

images
images
images

त्यस्तै चीन सरकारले भैरहवास्थित गौतम बुद्ध विमानस्थलबाट चीन-भैरहवा सिधा नियमित उडानको तयारी भएको समेत उनले जानकारी दिए। 

व्यवसायीहरूले मन्त्रीसँग भैरहवास्थित गौतम बुद्ध विमानस्थलबाट चीन-भैरहवा नियमित उडानका लागि सहजीकरण गरिदिन माग गरेका थिए। सिद्धार्थ उद्योग वाणिज्य संघले लुम्बिनी भ्रमणमा आएका चीनका राष्ट्रिय धार्मिक सांस्कृतिक मामिला मन्त्री छेङ रुइफेङलाई अनुरोधसहित भैहरवामा चीनबाट नियमित उडानको व्यवस्था मिलाइदिन आग्रह गरेका छन्।

करोडौँको संख्यामा रहेका चीनका बौद्ध धर्मावलम्बीहरूलाई सहज रुपमा बुद्ध जन्मस्थल लुम्बिनीमा आउन चिनियाँ एयरलाइन्सको नियमित उडान जरुरी हुने भएकाले मन्त्री रुइफेङलाई लिखित अनुरोध पत्र बुझाइएको संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताए।

संघले बुद्ध जन्मस्थल लुम्बिनीमा बर्थिङ अस्पताल लगायत कृषि र पर्यटन क्षेत्रमा लगानीका लागि चिनियाँ लगानीकर्तासँग सहजीकरण गरिदिन पनि मन्त्री रुइफेङलाई अनुरोध गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए।

अनुरोध पत्र बुझेपछि मन्त्री रुइफेङले नेपाल सरकारले नीतिगत सहजीकरण गरेमा लुम्बिनी क्षेत्रमा लगानी गर्न चिनियाँहरू तयार रहेको बताउँदै नियमित हवाई उडानका लागि समेत आफूले विभागीय मन्त्रालयसँग समन्वय गर्ने आश्वासन दिएका थिए।

त्यसअघि मन्त्री रुइफेङले नेपाल चीनमैत्री समाज लुम्बिनी र लुम्बिनी विकास कोषका पदाधिकारीसँगको भेटमा बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर आगामी दिनमा गर्न सकिने सहकार्य, चिनियाँ विहारमार्फत लुम्बिनीको पर्यटन प्रवद्र्धन एवम् नेपाल र चीनको सांस्कृतिक सम्बन्ध दिगो बनाउन आफू सकारात्मक रहेको बताएका थिए।

मन्त्री रुइफेङसँगै नेपालका लागि चिनियाँ राजदूत छेङ सोङसहित एक दिने भ्रमण सकेर चिनियाँ टोली बुधबार नै स्वदेश फर्केको छ।


प्रकाशित : बुधबार, जेठ ३० २०८१२१:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend