बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

तनहुँमा पाँच केन्द्रबाट राष्ट्रिय परिचयपत्रको विवरण संकलन

images
बुधबार, जेठ ३० २०८१
images
तनहुँमा पाँच केन्द्रबाट राष्ट्रिय परिचयपत्रको विवरण संकलन

आगामी साउनभित्र सबै सामाजिक सुरक्षा भत्ताका लाभग्राहीलाई राष्ट्रिय परिचयपत्रमा आबद्ध गरिसक्ने गरी काम भइरहेकाले हतारिएर भीडभाड गर्नुपर्ने अवस्था नरहेको प्रशासन कार्यालयले जनाएको छ।

images
images

तनहुँ- जिल्ला प्रशासन कार्यालय तनहुँले राष्ट्रिय परिचयपत्रको विवरण संकलनका लागि घुइँचो नगरिदिन आग्रह गरेको छ।

images
images
images

कार्यालयले आज प्रेस विज्ञप्ति जारी गरी तोकिएको समयभित्रै सबै सेवाग्राहीलाई सहजरुपमा सेवा प्रवाह गर्ने सम्बन्धमा छलफल भइरहेको उल्लेख गरेको छ। प्रशासकीय अधिकृत विकास श्रेष्ठले जारी गरेको विज्ञप्तिमा ‘आज सेवा नलिए भोलि पाइँदैन’ भन्ने धारणा नराखी समन्वय गरिदिन आग्रह गरिएको छ।

images
images

आगामी साउनभित्र सबै सामाजिक सुरक्षा भत्ताका लाभग्राहीलाई राष्ट्रिय परिचयपत्रमा आबद्ध गरिसक्ने गरी काम भइरहेकाले हतारिएर भीडभाड गर्नुपर्ने अवस्था नरहेको प्रशासन कार्यालयले जनाएको छ।

images
images

जिल्ला प्रशासन कार्यालयमा साबिकमा दुई केन्द्रमार्फत राष्ट्रिय परिचयपत्रको विवरण संकलन हुँदै आएकामा हाल तीनवटा संकलन केन्द्र थप गरिएको प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिए। प्रशासन कार्यालयमा हाल चारवटा संकलन केन्द्र रहेका भन्दै देवघाट गाउँपालिकामा एउटा केन्द्र थपिएको उनले बताए।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आगामी साउनदेखि सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेको अवस्थामा प्रशासन कार्यालयमा विवरण संकलनका लागि वृद्धवृद्धा तथा अपांगता भएका व्यक्तिको बढी भीड लाग्ने गर्दछ।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले विवरण संकलनको कार्यलाई सहज बनाउन पालिकागतरुपमा बार निर्धारण गर्ने विषयमा छलफल गरिएको बताए। प्रशासन कार्यालयले निर्धारित समयभित्र सबैलाई परिचयपत्र नम्बर उपलब्ध गराउने भन्दै यसका लागि नागरिकले पनि आवश्यक समन्वय गरिदिनुपर्ने उनले बताए। रासस


प्रकाशित : बुधबार, जेठ ३० २०८११५:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend