बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

कर्णालीको झोलुंगे पुल तत्काल मर्मत गर्न सांसदको माग

images
बुधबार, जेठ ३० २०८१
images
कर्णालीको झोलुंगे पुल तत्काल मर्मत गर्न सांसदको माग

सांसद् रानाले पुल तुरुन्तै मर्मतसम्हार नगरे मानवीय दुर्घटना हुनसक्ने भन्दै सरकारको ध्यानार्कषण गराइन्।

images
images

काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकमा कर्णाली नदीको झोलुंगे पुल तत्काल मर्मत सम्हार गर्न माग गरिएको छ।

images
images
images

पुलका कारण दैलेख र अछामका नागरिकलाई आवतजावतमा समस्या भएको संसदमा आवाज उठेको छ।

images
images

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद् सीताकुमारी रानाले झोलुंगे पुलको जोखिमका कारण दैलेख जिल्ला प्रशासन कार्यालयले २० दिन विद्यालय बन्द गर्ने निर्णय गरेकाले विद्यार्थी पढ्नबाट वञ्चित हुनु परेको बताइन्।

images
images

आइतबार कर्णालीको झोलुंगे पुलको लठ्ठा चुँडिदा १३ खच्चर दुर्घटनामा परेका थिए।

सांसद् रानाले पुल तुरुन्तै मर्मतसम्हार नगरे मानवीय दुर्घटना हुनसक्ने भन्दै सरकारको ध्यानार्कषण गराइन्।

'सरकारले जतिसक्दो छिटो प्राविधिक टोली पठाएर कर्णालीको पुल मर्मत गर्नुपर्ने स्थिति छ', उनले भनिन्, 'होइन भने प्राकृतिक प्रकोपले झनै स्थिति नाजुक हुन सक्छ। कर्णालीका बासिन्दालाई सरकार छ भन्ने आभास होस्।' रासस


प्रकाशित : बुधबार, जेठ ३० २०८११२:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend