बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

वर्षाले खाँदबारी-नुम सडकमा क्षति

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, जेठ ३० २०८१
images
वर्षाले खाँदबारी-नुम सडकमा क्षति

वर्षाले  पिच गर्न तयार गरिएको सडक बगाउँदा करिब एक करोड रुपैयाँ बराबरको क्षति भएको उनले जानकारी दिए।

images
images

खाँदबारी- कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी-नुम खण्डको ठूलोढुंगा अरुणथान चार किलोमिटर क्षेत्रमा  वर्षाले क्षति भएको छ।

images
images
images

यो खण्डमा कालोपत्रका लागि गरिएको ‘सवबेस’, ग्याविन पर्खाल र नाली बगाएको उत्तरदक्षिण कोशी सडक आयोजनाका प्रमुख सविन कोइरालाले राससलाई बताए।

images
images

कोशी राजमार्गअन्तर्गत खाँदबारी किमाथांका खण्डको ठूलो ढुंगा-पाङ्मा अरुणथानमा सबैभन्दा बढी क्षति भएको छ।

images
images

वर्षाका कारण मकालु गाउँपालिकाको नुममा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। आयोजना प्रमुख कोइरालाले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको बताए।

वर्षाले  पिच गर्न तयार गरिएको सडक बगाउँदा करिब एक करोड रुपैयाँ बराबरको क्षति भएको उनले जानकारी दिए। रासस


प्रकाशित : बुधबार, जेठ ३० २०८११०:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend