बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

काठमाडौं उपत्यकामा मनसुन भित्रन केही दिन लाग्ने

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, जेठ ३० २०८१
images
काठमाडौं उपत्यकामा मनसुन भित्रन केही दिन लाग्ने

यद्यपि यहाँको आकाशमा बादल लाग्ने सम्भावना छ। यहाँको अधिकतम तापक्रम ३२ देखि ३४ डिग्री सेल्सियसका बीच रहने पूर्वानुमान छ।

images
images

काठमाडौं- काठमाडौं उपत्यकामा मनसुन भित्रन केही दिन लाग्ने भएको छ। हाल देशको पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी क्षेत्रमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपास बनेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको छ।

images
images
images

जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार काठमाडौं उपत्यकामा आज सामान्य वर्षाको सम्भावना क्षीण छ। यद्यपि यहाँको आकाशमा बादल लाग्ने सम्भावना छ। यहाँको अधिकतम तापक्रम ३२ देखि ३४ डिग्री सेल्सियसका बीच रहने पूर्वानुमान छ। 

images
images

सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भइ बाँकी इलाकामा मौसम सफा छ। कोशी प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा पनि भइरहेको विभागले जनाएको छ।

images
images

आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी,  बागमती र गण्डकी  प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

विभागले आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक मौसम  सफा रहने पूर्वानुमान गरेको छ। कोशी र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। रासस


प्रकाशित : बुधबार, जेठ ३० २०८११०:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend