बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

म्याग्दीका ग्रामीण सडक धमाधम कालोपत्र हुँदै

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, जेठ ३० २०८१
images
म्याग्दीका ग्रामीण सडक धमाधम कालोपत्र हुँदै

बेनी बजारबाट १२ दशमलव पाँच किलोमिटर मंगला गाउँपालिका-२ सिमसम्म कालोपत्र गरिएको छ।

images
images

म्याग्दी- जिल्लाका ग्रामीण सडक धमाधम कालोपत्र भइरहेका छन्। यसैक्रममा मंगला गाउँपालिकाको केन्द्र बाबियाचौर पनि कालोपत्र सडकले जोडिएको छ।

images
images
images

बाबियाचौरमा सडक पुगेको २० वर्षपछि कालोपत्र भएको हो। बेनी बजारबाट १२ दशमलव पाँच किलोमिटर मंगला गाउँपालिका-२ सिमसम्म कालोपत्र गरिएको छ।

images
images

सडक पूर्वाधार विकास कार्यालयले त्यसलाई विस्तार गरेर तोराखेत-बाबियाचौर-लाम्पाटा-पानाबगर हुँदै रणवाङको सिमानासम्म पुर्याएको छ।

images
images

पूर्वाधार विकास कार्यालयका अनुसार सिमदेखि पानाबगर खण्डको तीन किलोमिटर आठ सय मिटर सडक कालोपत्र गर्न २०७८ सालमा अमर-ओमबुद्ध जेभीसँग रु १० करोड ७० लाख २१ हजारमा सम्झौता भएको थियो।

चौबिस किलोमिटर लामो बेनी-दरवाङ म्याग्दीको मंगला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने यो एकमात्र मार्ग हो। रासस


प्रकाशित : बुधबार, जेठ ३० २०८११०:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend