शनिबार, साउन १२ गते २०८१    
images
images
images

भारतीय बजारमा नेपाली कटहरको माग बढ्दो, सीमावर्ती क्षेत्रका किसान र व्यवसायी लाभान्वित

images
मंगलबार, जेठ २९ २०८१
images
images
भारतीय बजारमा नेपाली कटहरको माग बढ्दो, सीमावर्ती क्षेत्रका किसान र व्यवसायी लाभान्वित

प्रतिहेक्टर २० देखि २५ मेट्रिकटनसम्म कटहर उत्पादन हुने गरेको धनुषामा यसवर्ष राम्रो उत्पादन भएको ज्ञान केन्द्रले जनाएको छ।

images

जनकपुरधाम- धनुषामा उत्पादित कटहर भारतीय बजारमा लोकप्रिय हुँदै गएको छ। विगतमा यातायातको सुविधा नभएका कारण नेपाली बजारमा मात्र बिक्री हुने कटहर अहिले भारतीय बजारमा बिक्रवितरण भइरहेको छ, जसबाट ग्रामीण क्षेत्रका युवाले आर्थिक लाभ लिन थालेका छन्।

images
images

नेपाली कटहर स्वादिलो तथा पुष्टकर रहेकाले भारतीय भारतीय बजारमा यसको माग बढ्दै गएको स्थानीयले बताएका छन्।

images

सीमावर्ती बजार हरिनेका कटहर व्यवसायी श्यामशंकर कामतले नेपाली कटहरको भारतीय बजारमा माग बढिरहेको बताए। बैशाखदेखि भदौ महिनासम्म कटहरको राम्रो व्यवसाय हुने गरेकोले यस व्यवसायमा आफूजस्तै विभिन्न स्थानका करिब पाँचसय युवा संलग्न रहेको उनले बताए।

धनुषा जिल्लामा चार सय २८ हेक्टर जमिनमा कटहर खेती हुने गरेको तथा यसपटक चार हजार चार सय ६७ मेट्रिकटन कटहर फलेको कृषि ज्ञान केन्द्र धनुषाका बागबानी विकास अधिकृत प्रदीप यादवले जानकारी दिए। यसको तरकारी, आचार तथा पाकेपछि फलका रुपमा  (कोवा) समेत  खाने गरिएको उनले बताए।

images

प्रतिहेक्टर २० देखि २५ मेट्रिकटनसम्म कटहर उत्पादन हुने गरेको धनुषामा यसवर्ष राम्रो उत्पादन भएको ज्ञान केन्द्रले जनाएको छ। खासगरी धनुषाको उतरीक्षेत्र ढल्केबजार, महेन्द्रनगर, पोर्ताहा, धारापानी, लालगढ र वयलवास लगायतका ग्रामीण क्षेत्रमा कटहरको उत्पादन अर्थात खेती हुने गरेकोले त्यहीबाट कटहर किनेर भारतीय बजारमा बिक्री गरेको व्यापारी राहुल साहले बताए।

बेरोजगार भइ बसेका युवाले कटहर बेचेर राम्रो आम्दानी गर्न थालेपछि यस व्यवसायतर्फ अन्य युवा पनि आकर्षित भइ आर्थिक लाभ लिँदै आइरहेका छन्। अहिले यहाँका युवा साइकलमा कटहर राखेर सीमावर्ती भारतीय बजार जयनगर, उमगावँ, बासोपटी, हरिने, हरलाखी, मधुवनी, मधवापुर र भिठ्ठामोड जस्ता बजारसम्म लगेर बिक्रीवितरण गरी अत्यधिक मुनाफा गरिरहेका छन्। धनुषाका गाउँगाउँबाट कटहर किनेर बिक्री गर्न जाँदा भारती सुरक्षाकर्मीले भने अवरोध गरिरहेको कटहर कारोबारीहरुको गुनासो छ।

कटहरको व्यावसायिक रुपमा बिक्रीवितरण बढ्दै गएकाले कटहर खेतीका लागि प्रदेश तथा स्थानीय सरकारले पकेट क्षेत्र घोषणा गरी विशेष कार्यक्रम ल्याउनुपर्ने किसानको माग छ। रासस


प्रकाशित : मंगलबार, जेठ २९ २०८११६:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend