शनिबार, माघ ५ गते २०८१    
शनिबार, माघ ५ २०८१
images
images

त्रिभुवन विमानस्थलबाट सुनको सिक्रीलगायतका सामग्रीसहित दुईजना पक्राउ

images
मंगलबार, जेठ २९ २०८१
images
images
त्रिभुवन विमानस्थलबाट सुनको सिक्रीलगायतका सामग्रीसहित दुईजना पक्राउ

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको प्रहरीले जनाएको छ।

images
images

काठमाडौं- अवैध रुपमा भन्सार छलेर लैजान लागेको सुनलगायतका सामग्रीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुईजना पक्राउ परेका छन्।

images
images
images

पक्राउ पर्नेहरूमा पाँचथरका ३२ वर्षीय दिलु सुब्बा र सिन्धुली घर भइ काठमाडौं बस्ने ३९ वर्षीय भविमान ठोकर रहेका छन्। 

images

दुबईबाट काठमाडौं आएका दिलुलाई भन्सार छली गर्न लगाइ भविमानले संकलन गरी लैजान लागेको अवस्थामा विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियाबाट प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो।

images
images
images

अन्दाजी २५ ग्रामको सुनको सिक्री एक थान, आइफोन १३ प्रो म्याक्स १ थान, रेडमी मोबाइल ३ थान, डेल ल्यापटप २ थान र १ थान एयरपोड प्रो ४ सहित २ जनालाई सोमबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको प्रहरीले जनाएको छ।


प्रकाशित : मंगलबार, जेठ २९ २०८११४:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend