बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

९७ लाख लागतमा तुलसीपुर-दंगीशरण जोड्ने झोलुंगे पुल निर्माण सुरु, एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य

images
मंगलबार, जेठ २९ २०८१
images
९७ लाख लागतमा तुलसीपुर-दंगीशरण जोड्ने झोलुंगे पुल निर्माण सुरु, एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य
फाइल तस्बिर

यही जेठ २१ मा सम्झौता भएको पुलको सामाजिक तथा प्राविधिक सहयोग सेवा प्रतिष्ठान नेपाल तुलसीपुर दाङले गर्नेछ।

images
images

दाङ- तुलसीपुर उपमहानगरपालिका-२ र दंगीशरण गाउँपालिका-६ जोड्ने खड्गपुर पोटली झोलुंगे पुल निर्माण सुरु भएको छ।

images
images
images

संघीय सरकारको विनियोजित बजेट ९७ लाख ४८ हजार रूपैयाँ लागतमा सो पुल निर्माण सुरु गरिएको दंगीशरण गाउँपालिकाका-६ का वडाध्यक्ष रोशनजंग शाहले जानकारी दिए।

images
images

उनका अनुसार सो पुल एक सय २० मिटर लम्बाइको हुनेछ। पुल निर्माणपछि त्यहाँका दुई १३ घरधुरीका एक हजार दुई सय ७८ जना प्रत्यक्ष लाभान्वित हुने वडाध्यक्ष शाहले बताए।

images
images

यही जेठ २१ मा सम्झौता भएको पुलको सामाजिक तथा प्राविधिक सहयोग सेवा प्रतिष्ठान नेपाल तुलसीपुर दाङले गर्नेछ भने पुलको निर्माण २०८२ जेठ २० सम्म पूरा गर्ने लक्ष्य लिइएको छ। 

सो पुलको सोमबार दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले शिलान्यास गरे। अध्यक्ष गिरीले अन्तरपालिकाका दुई वटा वडालाई जोड्ने पुल निर्माणले त्यहाँका नागरिकलाई सहरसम्मको पहुँचमा सहज हुने बताए।

त्यस अवसरमा गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले तोकिएको समयमा पुल निर्माण सम्पन्न हुनेमा विश्वास व्यक्त गरे। रासस


प्रकाशित : मंगलबार, जेठ २९ २०८११४:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend