बिहीबार , मंसिर १३ गते २०८१    
images
images

अन्नपूर्णमा ५० लाख लागतमा ज्येष्ठ नागरिक प्रतीक्षालय तथा पुस्तकालय भवन निर्माण

images
मंगलबार, जेठ २९ २०८१
images
images
अन्नपूर्णमा ५० लाख लागतमा ज्येष्ठ नागरिक प्रतीक्षालय तथा पुस्तकालय भवन निर्माण

बाह्र आना क्षेत्रफलमा निर्माण भइरहेको भवनमा हालसम्म २२ लाख रूपैयाँ खर्च भएको छ।

images
images

भोजपुर- अन्नपूर्णमा प्रतीक्षालय तथा पुस्तकालय निर्माण अन्तिम चरणमा पुगेको छ। वृद्धावृद्धको सम्मानमा टेम्केमैयुङ गाउँपालिकाले यहाँ बहुउद्देश्यीय भवन निर्माण गरेको हो।

images
images
images

टेम्केमैयुङ-३ अन्नपूर्णले आर्थिक वर्ष २०७८/७९ बाट भवन निर्माण थालेको थियो। बाह्र आना क्षेत्रफलमा निर्माण भइरहेको भवनमा हालसम्म २२ लाख रूपैयाँ खर्च भएको छ।

images

भवनको ५० लाख रूपैयाँको लागत अनुमान रहेकाले सरकारका विभिन्न निकायमा माग गर्दा पनि बजेट नदिएपछि वडाले नै निर्माण गरेको टेम्केमैयुङ-३ का वडाध्यक्ष पूर्णप्रसाद राईले बताए। भवनमा ज्येष्ठ नागरिकलाई लक्षित गरेर भजनकीर्तनका लागि वाद्यवादनका साधन, मन्दिर, बगैँचालगायत संरचना निर्माण गरिने वडाध्यक्ष राईले बताए।

images

भवन निर्माणको काम यही आर्थिक वर्षभित्र सम्पन्न हुने उनले बताए। 'हामीले ज्येष्ठ नागरिकको सम्मानस्वरुप प्रतीक्षालय भवन निर्माण गरिरहेका छौँ', उनले भने, 'हाल भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ। यो भवनको माथिल्लो तलामा पुस्ताकलयसमेत सञ्चालनमा ल्याउनेछौँ।'

ज्येष्ठ नागरिकको ज्ञान सीप तथा अनुभवलाई समेट्दै उनीहरूका कुरा सुन्ने थलोका रूपमा विकास गर्न ज्येष्ठ नागरिक भवन निर्माण गरिएको गाउँपालिकाले जनाएको छ। यहाँ आएर ज्येष्ठ नागरिकसँग भलाकुसारी गर्दा उनीहरुको सीप अनुभव नयाँ पुस्तासम्म पुर्‍याउन सहज हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकेन पौडेलले बताए।

'ज्येष्ठ नागरिक समाजका जिउँदो इतिहास हुन्', प्रशासकीय अधिकृत पौडेलले भने, 'उहाँहरूका ज्ञान, सीप, अनुभवलाई हामीले अनुशरण गर्न आवश्यक छ। ज्येष्ठ नागरिकलाई भेला भएर भलाकुसारी गर्ने वातावरण निर्माणमा यो भवनले भूमिका खेल्नेछ।'

वडाको पहलमा ज्येष्ठ नागरिकको सम्मानस्वरुप भवन निर्माण हुनु सकारात्मक रहेको स्थानीयवासी केदार अधिकारीले बताए। ज्येष्ठ नागरिकले यहाँ भेला भएर आफ्ना दुःखसुखका कुरा साटसाट गर्न सक्ने उनको भनाइ छ।

यहाँ आएर भलाकुसारी गर्दै दिन कटाउने मेलो हुने उनी बताउँछन्। ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव संकलन केन्द्रका रूपमा यो भवनलाई लिन सकिने उनी बताउँछन्। ज्येष्ठ नागरिकको सम्मानमा वडाको पहलमा भवन निर्माण भएपछि स्थानीय नागरिक खुसी भएका छन्। रासस


प्रकाशित : मंगलबार, जेठ २९ २०८१११:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend