बुधबार, चैत ६ गते २०८१    
बुधबार, चैत ६ २०८१
images
images

३२ महिनायताकै न्यून बिन्दुमा महँगी

images
सोमबार, जेठ २८ २०८१
images
images
३२ महिनायताकै न्यून बिन्दुमा महँगी

समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.२७ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९६ प्रतिशत कायम भएको छ।

images
images

काठमाडौं- नेपालको मुद्रास्फीति ३२ महिनायताकै न्यून बिन्दुमा पुगेको छ। चालु आर्थिक वर्षको बैशाख महिनामा नेपालको उपभोक्तामा आधारीत मुद्रास्फीति ४.४० प्रतिशत कायम भएको छ। जुन २०७८ असोजयताको न्यूनतम बिन्दु हो। २०७८ असोजमा नेपालको मुद्रास्फीति ४.२४ प्रतिशत रहेको थियो। 

images
images

चालु आर्थिक वर्ष सरकारले मुद्रास्फीति ६.५ प्रतिशतमा सीमित गर्ने लक्ष्य लिएको छ। यस वर्षको १० महिनाको औषत मुद्रास्फीति दर ५.७६ प्रतिशत रहेको छ। 

images
images

चालु आर्थिक वर्षको साउनमा मुद्रास्फीति ७.५२ प्रतिशत, भदौमा ८.१९ प्रतिशत, असोजमा ७.५० प्रतिशत, कात्तिकमा ५.३८ प्रतिशत, मंसिरमा ४.९५ प्रतिशत, पुसमा ५.२६ प्रतिशत, माघमा ५.०१ प्रतिशत, फागुनमा ४.८२ प्रतिशत, चैतमा ४.६१ प्रतिशत र बैशाखमा ४.४० प्रतिशत कायम भएको छ। 

images
images

गत आर्थिक वर्षको बैशाखमा मुद्रास्फीति ७.४१ प्रतिशत रहेको थियो। 

समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.२७ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९६ प्रतिशत कायम भएको छ। 

खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उपसमूहको २३.११ प्रतिशत, दाल तथा गेडागुडीको १०.८५ प्रतिशत, मरमसलता ८.९८ प्रतिशतले मूल्य बढेको छ। 

यस्तै खाद्यजन्य पदार्थहरूको मूल्य ७.४२ प्रतिशत र चिनी तथा चिनीजन्य वस्तुहरूको मूल्य ७.२५ प्रतिशतले बढेको छ।

गैरखाद्य तथा सेवाअन्तर्गत विविध वस्तु तथा सेवाहरू उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचांक १२.२६ प्रतिशतले, शिक्षाको ५.६४ प्रतिशत, कपडाजन्य तथा चुत्ता चप्पलको २.४६ प्रतिशतले मूल्य बढेको छ। 

बैशाख महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.३० प्रतिशत, तराईको ४.३२ प्रतिशत, पहाडको ४.७० प्रतिशत र हिमालको ४.२२ प्रतिशत रहेको थियो। 

गत वर्षको तुलनामा थोक मुद्रास्फीति बढेको छ। गत वर्ष ३.३१ प्रतिशत रहेको थोक मुद्रास्फीति बढेर ५.६८ प्रतिशत पुगेको छ।

समीक्षा महिनामा निर्माण सामाग्रीको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ५.५५ प्रतिशतले घटेको छ।


प्रकाशित : सोमबार, जेठ २८ २०८११८:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend