बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

धनगढीमा श्रमाधान रोजगार मेला : पहिलो दिन दुई हजारभन्दा बढीको आवेदन

images
सोमबार, जेठ २८ २०८१
images
धनगढीमा श्रमाधान रोजगार मेला : पहिलो दिन दुई हजारभन्दा बढीको आवेदन

आइतबार उद्योगमन्त्री दामोदर भण्डारीले उद्घाटन गरेको श्रमाधान रोजगार मेला आज समापन हुने आयोजकले जनाएको छ।

images
images

कैलाली- कैलालीको धनगढीमा आइतबारदेखि सुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय ‘श्रमाधान रोजगार मेला’मा पहिलो दिन दुई हजारभन्दा बढीले रोजगारीका लागि आवेदन दिएका छन्।

images
images
images

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय र धनगढी उपमहानगरपालिकाको संयुक्त आयोजनामा सुरु भएको रोजगार मेलामा आइतबार रोजगारीका लागि दुई हजार दुई सय ५० जनाले आवेदन दिएका हुन्।

images
images

रोजगार मेलामा रोजगारीका लागि विभिन्न पदमा एक हजार दुई सय ५० जनाले अनलाइनमार्फत र एक हजारजनाले प्रत्यक्ष उपस्थित भएर आवेदन दिएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव वसन्तबहादुर बोहराले जानकारी दिए। उनका अनुसार रोजगार मेलामा विभिन्न रोजगारदाताका २८ र सरकारी सेवा प्रवाहसम्बन्धी जानकारी दिने १० सरकारी कक्ष गरी ३८ कक्ष रहेका छन्।

images
images

दुईदिने श्रमाधान रोजगार मेलामा रोजगारदाताबाट रोजगारीका लागि दुई हजार छ सय ३४ आवेदन माग गरिएको उनले जानकारी दिए। पहिलो दिन प्रदेशका नौवटै जिल्लाका पाँच हजारजनाले मेलाको अवलोकन गरेको उनले जानकारी दिए।

आन्तरिक तथा वैदेशिक रोजगारसम्बन्धी परामर्शका साथै सार्वजनिक सेवा, जागिर पाउन सिक्नुपर्ने सीप, कुन विषय पढ्दा भविष्यमा चाँडो जागिर पाउन सकिन्छ लगायत विषयमा परामर्श हुने भएकाले मेला महत्वपूर्ण भएको उनले बताए।

आवेदन परेकाहरुलाई रोजगारदाताले सीप परीक्षणलगायत प्रक्रिया पूरा गरेर रोजगारी प्रदान गर्ने उनको भनाइ छ। मेलाको आइतबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गरेका थिए। श्रमाधान रोजगार मेला आज समापन हुने आयोजकले जनाएको छ। रासस


प्रकाशित : सोमबार, जेठ २८ २०८११४:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend