बुधबार, असोज २३ गते २०८१    
images
images

भारतका राष्ट्रपतिसँग प्रधानमन्त्री दाहालको शिष्टाचार भेट, द्विपक्षीय हितका विविध विषयमा छलफल

images
सोमबार, जेठ २८ २०८१
images
images
भारतका राष्ट्रपतिसँग प्रधानमन्त्री दाहालको शिष्टाचार भेट, द्विपक्षीय हितका विविध विषयमा छलफल

दुई देशबीचका जनतामाझको परम्परागत सम्बन्धलाई थप प्रगाढ तुल्याउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

images
images

काठमाडौं- भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गरेका छन्। नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा प्रधानमन्त्री दाहालले राष्ट्रपति मुर्मुसँग आज भेट गरेका हुन्।

images
images
images

सो अवसरमा राष्ट्रपति मुर्मु र प्रधानमन्त्री दाहालबीच नेपाल-भारतबीच सदियौँदेखि रहिआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो। त्यसैगरी, उनीहरूबीच दुई देशबीचका जनतामाझको परम्परागत सम्बन्धलाई थप प्रगाढ तुल्याउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री दाहाल आइतबार साँझ भारतका प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा सहभागी भएका थिए। शपथ ग्रहणपछि उनीहरुबीच भेटवार्ता भएको थियो। सो भेटमा प्रधानमन्त्री दाहालले लगातार तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीको पदभार ग्रहण गरेकामा मोदीलाई बधाई दिनुका साथै उनको आगामी कार्यकालमा नेपाल र भारतबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे।

images

औपचारिक भ्रमणका क्रममा आइतबार भारत प्रस्थान गरेका प्रधानमन्त्री दाहाल भारतका राष्ट्रपति मुर्मुले आयोजना गरेको रात्रिभोजमा सहभागी भएका थिए।

images

उनका साथमा सुपुत्री गंगा दाहाल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी पनि छन्।

प्रधानमन्त्री दाहाल आजै स्वदेश फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। रासस 


प्रकाशित : सोमबार, जेठ २८ २०८११२:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend