सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

कर्णालीको झोलुंगे पुलमा अड्किएका १३ खच्चडमध्ये दुईको मृत्यु, बाँकीको जीवितै उद्धार

images
आइतबार, जेठ २७ २०८१
images
कर्णालीको झोलुंगे पुलमा अड्किएका १३ खच्चडमध्ये दुईको मृत्यु, बाँकीको जीवितै उद्धार

पुलको दाहिनेतर्फको जाली लत्रिएको थियो। खुट्टा जालीभित्र पसेपछि खच्चड पुलमा अड्किएका थिए।

images
images

अछाम- कर्णाली नदीमा रहेको झोलुंगे पुलको जाली लत्रिँदा बीच भागमै अड्किएका ११ खच्चडको जीवितै उद्धार गरिएको छ। दुई खच्चडको भने मृत्यु भएको छ।

images
images
images

अछामको पञ्चदेवल बिनायक नगरपालिका-९ कालेकाडा र दैलेखको आठबिस नगरपालिका-६ खिड्कीजिउला जोडने झोलुंगे पुलको जाली लत्रिएपछि आज बिहानदेखि १३ खच्चड पुलको बीच भागमा अड्किएका थिए।

images
images

खच्चडलाई पुलको जाली काटेर कर्णालीमा खसाली उद्धार गरिएको अछामका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिए। 'पुलको जाली काटेर उद्धार गर्ने क्रममा दुई खच्चडको मृत्यु भएको हो', उनले भने, 'बाँकीको डुंगाको सहायताले जीवितै उद्धार गर्न सफल भयौँ।'

images
images

पुलको दाहिनेतर्फको जाली लत्रिएको थियो। खुट्टा जालीभित्र पसेपछि खच्चड पुलमा अड्किएका थिए।

पुलको दाहिनेतर्फको भाग पुरै बांगो भएको छ।

उद्धारमा अछामस्थित नेपाली सेनाको गोरख बक्स गणको टोली, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासी खटिएका थिए। रासस 


प्रकाशित : आइतबार, जेठ २७ २०८११६:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend