सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

जाली लत्रिँदा कर्णालीको झोलुंगे पुलमा अड्किए १३ खच्चड, उद्धारका लागि खटाइयो प्रहरी

images
आइतबार, जेठ २७ २०८१
images
जाली लत्रिँदा कर्णालीको झोलुंगे पुलमा अड्किए १३ खच्चड, उद्धारका लागि खटाइयो प्रहरी

आज बिहान ११ बजे कर्णाली नदीमा निर्मित झोलुंगे पुलको दाहिनेतर्फको भाग लत्रिएको हो। अहिले उक्त पुलमा आवतजावत बन्द छ।

images
images

अछाम- कर्णाली नदीमा रहेको झोलुंगे पुलको जाली लत्रिँदा १३ खच्चड बीच भागमै अड्किएका छन्।

images
images
images

अछामको पञ्चदेवल विनायक नगरपालिका-९ कालेकाडा र दैलेखको आठबिस नगरपालिका-६  खिड्किजिउला जोडने झोलुंगे पुलको जाली लत्रिएको हो।

images
images

खुट्टा जालीभित्र पसेपछि आज बिहानदेखि खच्चड पुलको बीच भागमै थन्किएका जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिए। 'खुट्टा पुरै जालीभित्र पसेपछि १३ खच्चड त्यहाँबाट निस्किन पाएका छैनन्', उनले भने, 'उद्धारका लागि अछाम र दैलेखका विभिन्न प्रहरी चौकीबाट ठूलो सङ्ख्यामा प्रहरी घटनास्थलमा खटाएका छौँ।'

images
images

भारीसहितका खच्चड एकसाथ हिँड्न थालेपछि पुलको एकतर्फको जाली लत्रिएको बताइएको छ। खट्टा जालीभित्र पसेपछि खच्चड घाइते भएका छन्। आज बिहान ११ बजे कर्णाली नदीमा निर्मित झोलुंगे पुलको दाहिनेतर्फको भाग लत्रिएको हो। पुलको दाहिने तर्फको भाग पुरै बांगो भएको छ। अहिले उक्त पुलमा आवतजावत बन्द छ।

व्यापारीले चिल्तडाबाट दैलेखको खिड्किजिउलातर्फ खच्चडलाई सामान बोकाएर लैजाँदै थिए।

उद्धारको पहल गर्न अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्साल तथा जिल्लास्थित सुरक्षा निकायका प्रमुखसहितको टोली अहिले घटनास्थलतर्फ गएको छ। अछामस्थित नेपाली सेनाको गोरख बक्स गणको टोली पनि उद्धारका लागि त्यसतर्फ गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस


प्रकाशित : आइतबार, जेठ २७ २०८११३:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend