बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

पेस्की रकमसहित तीन करोड बुझेको निर्माण कम्पनी काम छाडेर हिँड्यो, प्रशासकीय भवन एक वर्षदेखि अलपत्र

images
आइतबार, जेठ २७ २०८१
images
पेस्की रकमसहित तीन करोड बुझेको निर्माण कम्पनी काम छाडेर हिँड्यो, प्रशासकीय भवन एक वर्षदेखि अलपत्र

केही शाखा र वडा भवन अभावमा निजी घरमा भाडामा लिएर सञ्चालन भइरहेको र वार्षिक २६ लाख घर भाडामा रकम खर्च भइरहेको गाउँपालिकाले जनाएको छ।

images
images

गोलबजार- सिरहाको भगवानपुर गाउँपालिकाको आधुनिक सेवासुविधासहितको प्रशासकीय भवनको निर्माणको काम अलपत्र परेको छ।

images
images
images

निर्माणको काम ठेक्का लिएको ठेकेदार कम्पनीले विसं २०८० असारमा काम छोडेर हिँडेपछि नगरपालिकाको भवन निर्माणको काम अलपत्र परेको हो। वडा नं १ स्थित ११ करोड ५८ लाख आठ सय १२ भ्याटसहितको लागतमा विसं २०७८ असार २० गते भएको सम्झौतामा ३६ महिनाभित्र काम सम्पन्न गर्नेगरी रौता अनसुमन जेभी काठमाडौंले ठेक्का पाएको थियो।

images
images

भवन निर्माण गर्न दुई महिनामात्र समय बाँकी रहे पनि ठेकेदार निर्माणको काम अगाडि नबढाएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रनारायण चौधरीले बताए।

images
images

सो भवन ‘अन्डरग्राउन्ड’ सहित पाँचतले निर्माण हुने पूर्ण अपांगतामैत्री, पर्याप्त शौचालय सुविधाको एकीकृतरुपमा सेवा दिने आधुनिक प्रशासकीय भवन हुने गाउँपालिकाले जनाएको छ। भवनमा सेवाग्राहीका लागि डीपीआरमा लिफ्टको उल्लेख रहे पनि सोका लागि रकम गाउँपालिकाले छुट्याएको छैन।

भवन निर्माणको काम अलपत्र छाडेको ठेकेदार कम्पनीले पेस्की रकमसहित तीन करोड पाँच लाख २० हजार रूपैयाँ बुझेको गाउँपालिकाका इञ्जिनियर प्रविन भक्तले जानकारी दिए। भवन निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीलाई पटकपटक ताकेता गर्दा पनि निर्माणको काम अगाडि बढाउन कुनै चासो नदेखाएको उनले बताए। 

उनका अनुसार प्रशासनिक भवनको ३५ प्रतिशत भौतिक प्रगति रहेको छ। गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवले ठेकदारलाई काम अगाडि बढाउन बाँकी रकम भुक्तानी गर्ने बताए।

गाउँपालिकाको आफ्नै भवन नभए पनि साविक भगवानपुर गाविस भवनबाट गाउँपालिकाको काम सञ्चालन गरिँदै आएको छ।

केही शाखा र वडा भवन अभावमा निजी घरमा भाडामा लिएर सञ्चालन भइरहेको र वार्षिक २६ लाख घर भाडामा रकम खर्च भइरहेको गाउँपालिकाले जनाएको छ। रासस


प्रकाशित : आइतबार, जेठ २७ २०८११२:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend