बिहीबार , मंसिर १३ गते २०८१    
images
images

१९ करोड रूपैयाँ खर्चिएर मनहरीमा निर्माण गरिएको तीनवटा पक्की पुल सञ्चालनमा

images
आइतबार, जेठ २७ २०८१
images
images
१९ करोड रूपैयाँ खर्चिएर मनहरीमा निर्माण गरिएको तीनवटा पक्की पुल सञ्चालनमा

मनहरीको लामिटार-मकरी-चकरी-बेलडाँडा हुँदै हेटौँडा नगरको पदमपोखरी जोड्ने सडकअन्तर्गत निर्माणाधीन पाँचवटा पुलमध्ये निर्माण सम्पन्न भएका तीन पुल सञ्चालन भएका हुन्।

images
images

मकवानपुर- मनहरी गाउँपालिकाले आन्तरिक स्रोतबाट १९ करोड रूपैयाँ खर्चेर निर्माण गरेका तीनवटा पक्की पुल शनिबारदेखि सञ्चालन भएका छन्।

images
images
images

मनहरीको लामिटार-मकरी-चकरी-बेलडाँडा हुँदै हेटौँडा नगरको पदमपोखरी जोड्ने सडकअन्तर्गत निर्माणाधीन पाँचवटा पुलमध्ये निर्माण सम्पन्न भएका ती पुल सञ्चालन भएका हुन्। 

images

बागमती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले पुलको उद्घाटन गर्दै प्रत्यक्ष रूपमा जनता लाभान्वित हुने विकास-निर्माणका कामलाई तीनवटै तहका सरकारले विशेष प्राथमिकताका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। उनले मनहरिपालिकाले पुल निर्माणका निम्ति गरेको प्रयासको सराहना गरे।

images

कार्यक्रममा दिइएको जानकारीअनुसार निर्माण पूरा हुन बाँकी दुईवटामध्ये ठाडेखोलाको पुल एक महिनाभित्रै सम्पन्न गर्न आफूले प्रयास गरिरहेको र हाँडीखोलाको पुल पनि केही महिनाभित्रै पूरा लक्ष्यका साथ धमाधम काम भइरहेको छ।

मनहरी-१ र २ जोड्ने च्यापल खोला पुल, ३ र ४ जोड्ने ट्वाङग्रा खोला पुल र ३ र ४ वडालाई नै जोड्ने मसिने खोला पुल निर्माण सम्पन्न भएको हो। तीन स्पानको च्यापल खोला पुल ९७ दशमलव नौ मिटर लामो यो पुल रु ६ करोड २८ लाख ९८ हजारमा सम्झौता भएको हो।

दुई स्पानको ट्वाङग्रा खोला ६४ दशमलव १५ मिटर लामो पुल निर्माण गर्न छ करोड ४९ लाख ६० हजार खर्च गरिएको छ। यस्तै दुई स्पानको ७४ दशमलव ५५ मिटर लामो मसिने खोला पुल छ करोड ५९ लाख ५० हजारमा निर्माण भएको हो।

तीनवटा पुल निर्माण सम्पन्न गर्न गाउँपालिकाले १९ करोड ३८ लाख खर्चिएको अध्यक्ष रञ्जन कालाखेतीले बताए। दुई वर्षभित्रै सम्पन्न गर्नेगरी २०७७ सालमै निर्माणको काम थालिएको भए तापनि विविध समस्याका कारण निर्माण पक्षले समय थप गरी पुल निर्माण सकेको हो। एकैदिन ठेक्का सम्झौता गरिएको पाँचवटामध्ये तीनवटा पुल निर्माण सकिएको र दुईवटा पुल निर्माणको काम जारी छ।

हिराचन-बानियाँ जेभीसँग आठ करोड ६७ लाख पाँच हजारमा सम्झौता गरी निर्माणाधीन ठाडोखोला पुलको काम करिब ८५ प्रतिशत र भैरव-नारायणम् जेभीसँग पाँच करोड ३५ लाख ५१ हजारमा ठेक्का सम्झौता गरिएको हाँडीखोला पुलको काम करिब ६५ प्रतिशत काम पूरा गाउँपालिका अध्यक्ष कालाखेतीले जानकारी दिए।

पाँचवटै पुल निर्माण सम्पन्न हुँदा गाउँपालिकाको करिब ३३ करोड ५० लाख रूपैयाँ खर्च हुने उनले जानकारी दिए।

कार्यक्रममा गाउँपालिकाका पूर्वउपाध्यक्ष मनिला विष्ट, वडाध्यक्ष शिव खनाल, राजकुमार पाख्रिन, अनन्तप्रकाश अर्याल, प्रकाश थापा, मनहरी-४ का पूर्ववडाध्यक्ष ध्रुव खड्का, संविधानसभा सदस्य राजाराम स्याङ्तान, गाउँपालिका उपाध्यक्ष सीता पुलामीले जतप्रतिनिधिहरू जनचाहनाअनुसार काम गर्न सधैँ तत्पर हुनुपर्नेमा जोड दिए। रासस


प्रकाशित : आइतबार, जेठ २७ २०८१११:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend