बुधबार, असार २५ गते २०८२    
बुधबार, असार २५ २०८२
images
images

कफी पारखीहरुका लागि सानेपामा ‘कप टेष्टर च्याम्पियनसिप’

images
शनिबार, जेठ २६ २०८१
images
images
कफी पारखीहरुका लागि सानेपामा ‘कप टेष्टर च्याम्पियनसिप’

ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा एकदिने 'कप टेष्टर च्याम्पियनसिप' सुरु भएको हो। प्रतिस्पर्धामा ४८ जनाले सहभागिता जनाएका छन्।

images
images

काठमाडौं- कफी पारखीहरुलाई लक्षित गरी नेपालमै पहिलोपटक ‘कप टेष्टर च्याम्पियनसिप २०२४’ सुरु भएको छ। ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा एकदिने 'कप टेष्टर च्याम्पियनसिप' सुरु भएको हो।

images
images

कफी पारखीहरुलाई नेपाली कफी चखाउने र अन्तर्राष्ट्रिय बजारमा ब्राण्डिङ गर्ने मुख्य उद्देश्यका साथ द वारिस्टा कफी स्कुल, जोयल हिमालयन कफी विन्स, लेकसिटि कफी र लेकाली कफीले सयुक्तरुपमा आयोजना गरेको हो।

images
images

कफी क्षेत्रमा युवाको सहभागिता र भविष्य सुनिश्चितता गराउन सकिन्छ भन्ने मूख्य उद्देश्यका साथ अन्तर्राष्ट्रय क्षेत्रमा उचित बजार र बजार मूल्य नपाइरहेको स्थितिमा ब्राण्डिङ गर्ने मूख्य उद्देश्य कार्यक्रमको रहेको विनायक मल्लले जानकारी दिए।

images
images
images

नेपाली कफी अन्तर्राष्ट्रिय बजारमा जति मूल्य पाउनुपर्ने हो त्यो खालको नपाइरहेको र ब्राण्डिङ पनि राम्रो नभइरहेको स्थितिमा यस्तो खालको प्रतिस्पर्धाले थप हौसला प्राप्त हुने आयोजक मध्येका एक मल्लको भनाइ छ।

प्रतिस्पर्धामा ४८ जनाले सहभागिता जनाएका छन्। कफी उत्पादक, कफी सपका सञ्चालक, वारिस्टादेखि कफी पारखीहरुले सहभागीता जनाएको निमातेन्जिङ शेर्पाले बताए। पछिल्लो समय कफी उद्योगमा उत्साह छाइरहेको बेला यस्ता खालका च्याम्पियनसिपले अझ प्रोत्साहन मिल्ने उनको दाबी छ।

‘मुलुक सानो भएपनि कफी कल्चर बढेको छ, नेपालमा भएको कफी उत्पादकहरु गर्ने धेरै सिपालु रहेका छन्,’ शेर्पाले भने, ‘उनिहरुहरुको क्षमता राष्ट्रिय एवंम अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्ने मूख्य उद्देश्य हो।’

दुई वर्षअघि पहिलोपटक यो खालको प्रतिस्पर्धाको आयोजना गरे पनि बिचमा रोकिएको थियो। अब भने हरेक वर्ष यो खालको प्रतिस्पर्धाको आयोजना गर्दै जाने बताए।


प्रकाशित : शनिबार, जेठ २६ २०८११२:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend