बुधबार, असार २५ गते २०८२    
बुधबार, असार २५ २०८२
images
images

पर्सामा निर्माणाधीन एक अर्ब लागतको चिडियाखानाको घेरबारको काम ६० प्रतिशत सकियो, जग्गा अतिक्रमणले निर्माण प्रभावित

images
शनिबार, जेठ २६ २०८१
images
images
पर्सामा निर्माणाधीन एक अर्ब लागतको चिडियाखानाको घेरबारको काम ६० प्रतिशत सकियो, जग्गा अतिक्रमणले निर्माण प्रभावित

'चिडियाखानाको सीमांकन गर्न सार्वजनिक र निजी आवादी जग्गा छुट्याउन नापी कार्यालयलाई अनुरोध गरिएको छ।'

images
images

वीरगञ्ज- पर्साको वीरगञ्ज महानगरपालिका-३२ रामवनमा निर्माणाधीन चिडियाखाना व्यवस्थित गर्न थालिएको छ।

images
images

चिडियाखानाको घेरबार गर्ने काम आधा सकिएको छ। करिब ५० हेक्टर क्षेत्रफलमा निर्माण गर्न लागिएको सो चिडियाखानाको घेरबारको काम ६० प्रतिशत सकिएको छ।

images
images

पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाका अनुसार उक्त प्राकृतिक चिडियाखानाको जग्गा अतिक्रमणमा परेको छ। केही स्थानीयले जग्गा अतिक्रमण गरेका छन्।

images
images
images

'यसबाट चिडियाखानाको घेरबार गर्ने काम प्रभावित भएको छ', उनले भने, 'सरोकारवाला निकायसँग समन्वय गरेर काम अघि बढाउने योजना बनाएका छौँ।'

चिडियाखाना एक अर्ब सात करोड रूपैयाँको लागतमा निर्माण गर्न लागिएको हो। विसं २०७९ असोजदेखि चिडियाखाना निर्माण थालिएको हो। चिडियाखाना ५० हेक्टर क्षेत्रफलमा फैलिएको छ। 

वीरगञ्ज महानगरका नगरप्रमुख राजेशमान सिंहले प्रस्तावित चिडियाखानाको अतिक्रमित जग्गा रेखांकन गरी हटाउने प्रक्रिया अघि बढाइने बताए। शुक्रबार बसेको सर्वपक्षीय बैठकले चिडियाखाना रहेको जग्गा अतिक्रमण हटाउन सूचना जारी गरिएको छ।

'चिडियाखानाको सीमांकन गर्न सार्वजनिक र निजी आवादी जग्गा छुट्याउन नापी कार्यालयलाई अनुरोध गरिएको छ।' चिडियाखाना निर्माण गर्न ढिला गर्न नहुने उनको भनाइ छ। रासस


प्रकाशित : शनिबार, जेठ २६ २०८१११:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend