बुधबार, असार २५ गते २०८२    
बुधबार, असार २५ २०८२
images
images

बजेट अभावले रोकियो वीरगञ्ज-रक्सौल जोड्ने सडक

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ २५ २०८१
images
images
बजेट अभावले रोकियो वीरगञ्ज-रक्सौल जोड्ने सडक

मुलुककै मुख्य व्यापारिक नाका जोड्ने सडक पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने कारणले दुवै मुलुकका सर्वसाधारण र सवारी चालकले हैरानी खेप्दै आइरहेका छन्।

images
images

पर्सा- झण्डै दुई करोड बजेट अभावको कारणले भारतसँग सीमा जोड्ने वीरगन्ज-रक्सौल सडक खण्डअन्तर्गतको रजत जयन्तीचोकमा पर्ने जीर्ण सडक कालोपत्र हुन सकेको छैन।  

images
images

व्यापारिक मार्ग विस्तार योजना वीरगञ्ज-पथलैया सडकका योजना कार्यालयले गत पुसमा यो सडकखण्ड निर्माण गर्ने ठेक्का अघि बढाएको थियो। तर अहिले बजेट अभावलाई देखाउँदै यो सडकको निर्माण कार्य अघि बढ्न सकेको छैन। केही समय अघि निर्माण कम्पनी निर्माणस्थलमा खटिए पनि अहिले भने सडक लथालिङ्ग अवस्थामा रहेको छ। 

images
images

व्यापारिक मार्ग विस्तार योजना वीरगञ्ज-पथलैया सडक योजना कार्यालयका प्रमुख राजेशकुमार यादवले बजेट अभावको कारणले सडक विस्तारको काम हुन नसकेको बताए।

images
images
images

'गत पुस २१ गते एक करोड ८० लाख लागतमा यो सडकखण्डको ठेक्का सम्झौता भएको थियो', उनले भने, 'अहिले बजेट अभावको कारणले यो सडकखण्ड अघि बढ्न सकेको छैन।' 

नेपालको सबैभन्दा आयात हुने नाकाको सडक लामो समयदेखि भत्किएर जीर्ण हुँदा पनि मर्मतसम्भारको काम अघि बढ्न सकिरहेको छैन। यो सडकखण्ड एक दशकदेखि अलपत्र हुँदै आइरहेको छ।

मुलुककै मुख्य व्यापारिक नाका जोड्ने सडक पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने कारणले दुवै मुलुकका सर्वसाधारण र सवारी चालकले हैरानी खेप्दै आइरहेका छन्। 

योजना कार्यालय र निर्माण कम्पनी बीच २०८० पुस २१ गते ठेक्का सम्झौता भएको थियो। ठेक्का सम्झौताअनुसार निर्माण कम्पनीले २०८१ सालको असार २१ गतेभित्रै सडक निर्माण सम्पन्न गर्नुपर्नेछ। यो सडकखण्डको लागत भने एक करोड ८० लाख रहेको छ।

योजना प्रमुख यादवले निर्माण कम्पनीलाई सडकको काम गर्न अनुरोध गर्दै आइरहेको बताए। यो सडककै कारण दिनहुँजसो एक दर्जनभन्दा धेरै सवारी साधन दुर्घटनामा पर्ने गरेका छन्। यो सडकखण्डको चौडाइ १४ मिटरअर्थात् चार लेनको सडक कालोपत्र गर्न लागिएको हो। रासस


प्रकाशित : शुक्रबार, जेठ २५ २०८११५:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend