बुधबार, असार २५ गते २०८२    
बुधबार, असार २५ २०८२
images
images

एमडीएमएस प्रणाली ढिलोचाँडो लागु हुन्छ : सञ्चारमन्त्री

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ २५ २०८१
images
images
एमडीएमएस प्रणाली ढिलोचाँडो लागु हुन्छ : सञ्चारमन्त्री

उनले टेक्नोलोजीको विकास नभइसकेको कारण सरकारले अहिले नै एमडीएमएस लागु गर्न नसकिएकोमा भने सत्यता रहेको बताइन्।

images
images

काठमाडौं- सञ्चारमत्री रेखा शर्माले मोबाइलमा एमडीएमएस प्रणाली लागु गर्नबाट सरकार पछि नहटेको स्पष्ट पारेकी छिन्।

images
images

नेपाल मोबाइल व्यवसायी महासंघको शुक्रबारबाट राजधानीमा सुरु दोस्रो महाधिवेशन तथा तेस्रो साधारणसभाको उद्घाटन गर्दै सञ्चारमन्त्री शर्माले सरकारले ढिलोचाडो मोबाइलमा एमडीएमएस प्रणाली लागु गरेरै छाड्ने बताएकी हुन्।

images
images

'एमडीएमएस प्रणाली लागु हुन्न भन्ने नसोचौँ, ढिलो चाडो एमडीएमएस लागु हुन्छ, यो प्रणाली लागु गर्ने प्रक्रियामा सरकार अघि बढेपनी तत्काल लागु गर्न नसकिएको हो, तर सरकार व्याक भएको होइन, निकट भविष्यमा यो लागु हुन्छ, ढुक्क हुनुस्, यसले देशको राजस्वमा पनि घाटा छ, त्यसतर्फ पनि सरकारको चिन्ता छ' मन्त्री शर्माले भनिन्।

images
images
images

उनले टेक्नोलोजीको विकास नभइसकेको कारण सरकारले अहिले नै एमडीएमएस लागु गर्न नसकिएकोमा भने सत्यता रहेको बताइन्। 

'यो जरुरी हो भन्ने कुरामा प्रधानमन्त्री र हामी तयार छौ, यहाँ केही बदमासी पनि भएको रहेछ, छानबीन भैरहेको छ, अलि परिपक्व भएपछि एमडीएमएस लागु हुन्छ, सरकार त्यसमा तयार छ।'

मन्त्री शर्माले मोबाइल व्यवसायीले चोरीको मोबाइल बेच्न छाडे ग्रे फोनको कारोबारसमेत बन्द हुने बताइन्। ग्रे फोनको कारोबार बन्द भए देशको अर्थतन्त्रमा पनि वृद्धि हुने र त्यसले व्यवसायीहरुको मार्जिनमा समेत वृद्धि हुन सहयोग पुग्ने बताइन्।

महाधिवेशनमार्फत महासंघको आगामी कार्यकालका लागि नेतृत्व चयन हुँदैछ। महाधिवेशनका लागि ७० जिल्लाबाट करिब एक हजार प्रतिनिधि सहभागी भएका छन्। रासस


प्रकाशित : शुक्रबार, जेठ २५ २०८११४:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend