बिहीबार , मंसिर १३ गते २०८१    
images
images

नेपालगञ्जमा सरकारी जमिन अतिक्रमण गरी बनाइएका संरचना भत्काउन थालियो

images
बिहीबार , जेठ २४ २०८१
images
images
नेपालगञ्जमा सरकारी जमिन अतिक्रमण गरी बनाइएका संरचना भत्काउन थालियो

सरकारी जमिन अतिक्रमण गरी बनेका घरटहरा भत्काउन उपमहानगरले आज दिउँसो डोजर चलाएको छ।

images
images

बाँके- नेपालगञ्ज उपमहानगरपालिकाले सरकारी जमिन अतिक्रमण गरी बनेका संरचना भत्काउन सुरु गरेको छ।

images
images
images

नेपालगञ्ज-९ खटकनपूर्वामा सरकारी जमिन अतिक्रमण गरी बनेका घरटहरा भत्काउन उपमहानगरले आज दिउँसो डोजर चलाएको छ। घरटहरा हटाउन एक महिनाको सूचना टाँस गर्दा पनि बेवास्ता गरेकाले भत्काउन बाध्य भएको नेपालगञ्ज उपमहानगरपालिका-९ का वडाध्यक्ष गोविन्दप्रसाद रेग्मीले बताए।

images

'अतिक्रमित संरचना हटाउन पटकपटक सूचना जारी गर्दा पनि अटेर गरेकाले आज डोजर लगाउन बाध्य भएका छौँ', उनले भने, 'अतिक्रमण हटाएर सरकारी जग्गाको संरक्षण गर्ने कार्यमा स्थानीयले पनि सहयोग गरिरहनुभएको छ।'

images

नेपालगञ्ज उपमहानगरपालिका-९ का विभिन्न क्षेत्रमा रहेका सरकारी जग्गा तारबार गरी संरक्षण गर्दै आएको वडाध्यक्ष रेग्मीको भनाइ छ। यसअघि नेपालगञ्जका विभिन्न ठाउँमा नाला र सडक अतिक्रमण गरी पसल व्यवसाय सञ्चालन गरिएको सडकपेटी तथा सरकारी जग्गा खाली गराउन डोजर लगाइएको छ। नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्ट आफै डोजर लिएर अतिक्रमण गरी बनाइएका संरचना हटाउन निस्किएका थिए।

नेपालगञ्जका अधिकांश ठाउँमा सडकपेटी अतिक्रमण गरी पसल व्यवसाय सञ्चालन गरिएकाले सर्वसाधारण र सवारीसाधन आवागमनमा समस्या भएको छ। यस्ता अतिक्रमण हटाउन प्रमुख विष्ट आफै अगाडि सरेका हुन्।

सडकपेटी अतिक्रमण गरेर संरचना निर्माण गर्ने, पसल व्यापार चलाउने काम नरोकिएपछि बाध्य भएर त्यस्ता संरचना हटाउन आफै डोजर लिएर बजारमा निस्किएको विष्टले बताए।

नेपालगञ्जलाई सफा, सुन्दर र व्यवस्थित सहरका रूपमा विकास गर्न यो अभियान सुरु गरिएको उनको भनाइ छ।

सडकपेटी कब्जा गरी बजार व्यवसाय सञ्चालन गर्दा सर्वसाधारण नागरिकलाई हिँडडुल गर्न र सवारी चलाउन गाह्रो भएपछि त्यसलाई व्यवस्थित गर्न यस्तो काम सुरु गरिएको उनले बताए। बजारलाई सुन्दर र व्यवस्थित बनाउन अतिक्रमण हटाउन थालिएको नगरप्रमुख विष्टको भनाइ छ। रासस


प्रकाशित : बिहीबार , जेठ २४ २०८११६:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend