बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

प्रशिक्षित जनशक्तिलाई रोजगारदातासँग भेट गराउन टुँडिखेलमा ‘रोजगार मेला’

images
बिहीबार , जेठ २४ २०८१
images
प्रशिक्षित जनशक्तिलाई रोजगारदातासँग भेट गराउन टुँडिखेलमा ‘रोजगार मेला’

प्रशिक्षणका क्रममा सिकेका सीप र यसबाट प्राप्त दक्षताबाट उत्पादित वस्तु तथा सामग्री मेलामा राखिएका छन्।

images
images

काठमाडौं- ‘सीप मेला’बाट प्रशिक्षण पाएका जनशक्तिलाई रोजगारदातासँग भेट गराउन काठमाडौं महानगरपालिकाले आज टुँडिखेलमा ‘रोजगार मेला’ आयोजना गरेको छ।

images
images
images

प्रशिक्षणका क्रममा सिकेका सीप र यसबाट प्राप्त दक्षताबाट उत्पादित वस्तु तथा सामग्री मेलामा राखिएका छन्। कामपाको सहरी योजना आयोगका सदस्य एवं सीप मेला निर्देशक समितिका सदस्य इञ्जिनियर शैलेन्द्र झाका अनुसार टुँडिखेलमा हरेक विधासँग सम्बन्धित प्रदर्शनीस्थल राखिएका छन्।

images
images

सामग्री उत्पादन नहुने खालका सीपको बारेमा ‘भिडियो डिस्प्ले’ र आपसी कुराकानीका आधारमा समन्वय हुने उनले बताए। यससँगै पेसासँग सम्बन्धित तालिम प्राप्त व्यक्तिको नाम, सम्पर्क नम्बर र उनीहरुले तालिम लिएको पाठ्यक्रम समेत राखिएको छ।

images
images

रोजगारदाताले यो बोर्डबाट आफूलाई आवश्यक पर्ने जनशक्तिका बारेमा जानकारी लिन सक्नेछन्। यससँगै सम्बन्धितस्थलबाट आफूलाई आवश्यक पर्ने जनशक्तिसँग सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ।

उक्त मेला आज मध्यान्न १२ बजेदेखि सुरु भइ साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। गत बैशाख १९ गतेदेखि टुँडिखेलमा १० वटा विधाका ३० वटा पेसासँग सम्बन्धित तालिम सुरु गरिएको थियो। यसमध्ये स्क्रिन प्रिन्टिङ विधामा आवेदकको सङ्ख्या न्यून भएकाले तालिम नसञ्चालन कामपाले जनाएको छ।

पन्ध्र र ३० दिन अवधिका तालिमबाट दुई हजार सात सय १५ प्रशिक्षार्थीले तालिम लिएका छन्। तालिम संयोजक देवेन्द्र केसीका अनुसार सबैभन्दा धेरै सूचना तथा सञ्चार प्रविधि क्षेत्रबाट छ सय ३९ जनाले प्रशिक्षण प्राप्त गरेका छन्।

'१५ दिन अवधिको तालिममा डिजिटल मार्केटिङ्, कम्प्युटर हार्डवेयर, सीसीटीभी र मोबाइल मर्मत पेसा थिए', उनले भने, 'ब्युटिसियन विधामा पाँच सय ८० जनाले तालिम लिनुभएको छ। यसमा नेलआर्ट, मेकअप, आइलेस, हेयर कट र सैलुन पेसाको तालिम भएको थियो।'

बेकरी, फास्टफुड, बारिस्टा, बार टेन्डिङ र वेटर/वेट्रेसमा पाँच सय ३१ प्रशिक्षित भएका छन्। कामपाले गौरव योजनाअन्तर्गत ‘रोजगारी र आयमा वृद्धि, काठमाडौंको समृद्धि’ अन्तर्गत सीप मेला सुरु गरेको थियो। रासस


प्रकाशित : बिहीबार , जेठ २४ २०८११५:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend