बिहीबार , मंसिर १३ गते २०८१    
images
images

किसानलाई मलखाद उपलब्ध गराउनदेखि तटबन्ध निर्माणमा सरकारलाई सांसदको ध्यानाकर्षण

images
बिहीबार , जेठ २४ २०८१
images
images
किसानलाई मलखाद उपलब्ध गराउनदेखि तटबन्ध निर्माणमा सरकारलाई सांसदको ध्यानाकर्षण

सांसद अमृतलाल राजवंशी र सांसद जुलीकुमारी महतो महासेठले किसानहरूलाई खेतीको याममा मल उपलब्ध गराउन आग्रह गरे।

images
images

काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले खेतीको याममा किसानलाई सहजरुपमा मलखाद उपलब्ध गराउन, अलपत्र आयोजनाहरूको शीघ्र सञ्चालन गर्न, बाढीपहिरोबाट जोगाउन तटबन्ध निर्माण गर्नलगायतका विषयमा ध्यानाकर्षण गराएका छन्।

images
images
images

बैठकको शून्य समयमा सांसद अन्जनी श्रेष्ठले हुरीले चितवनका जनताले लगाएका मकै, केराखेतीलाई  गम्भीर असर पारेको जनाउँदै क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग आग्रह गरिन्।

images

सांसद अमेरशकुमार सिंहले बर्सात हुनुभन्दा पहिला नै सर्लाहीका नदीमा तत्काल तटबन्ध निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए। उनले भने, 'बागमती नदीमा  तत्काल तटबन्ध निर्माण गरियोस्। नदीले तटीय चार-पाँचवटा गाउँको जनजीवन जोखिममा छ।'

images

सांसद अमृतलाल राजवंशी र सांसद जुलीकुमारी महतो महासेठले किसानहरूलाई खेतीको याममा मल उपलब्ध गराउन आग्रह गरे। यसैगरी सांसद उर्मिला थेबेले ताप्लेजुङका हिमाली जिल्लामा प्राविधिक शिक्षाको सुधारमा ध्यान दिन, सांसद गंगाप्रसाद यादवले अत्यधिक गर्मीका कारण तराई/मधेसको जनजीवन प्रभावित बनेकोतर्फ सरकारको ध्यानाकर्षण गराए। 

सांसद चन्दा कार्की भण्डारीले स्वास्थ्य संस्था सुधारका लागि राज्यको थप प्रतिबद्धता आवश्यक रहेको स्वास्थ्यमा चार प्रतिशत बजेटले अपुग भएको, तीसौँ वर्षको स्वास्थ्य दरबन्दीको जनशक्तिले सेवा प्रवाहमा समस्या भएको बताइन्।

सांसद ईश्वरी घर्तीले बुद्ध जन्मस्थल लुम्बिनीको गुरुयोजनाको काम छिटो गर्न सोहीअनुसार बजेट छुट्याउन ध्यानाकर्षण गराइन्। सांसद जावेदा खातुनले बजेट सन्तुलित र समावेशी नभएको र बजेटमा मुस्लिम समुदायको सम्बोधन नभएको गुनासो गरिन्। 

सांसद अर्जुननरसिंह केसी, कान्तिका सेजुवाल, किरणकुमार साहले स्थानीय तह र संघीय सरकारबीचको समन्वय अभावका विषय ध्यानाकर्षण गराए।

शून्य समयमा सांसदहरू अशोककुमार चौधरी, आश्माकुमारी चौधरी, ईश्वरबहादुर रिजाल, ईश्वरीदेवी न्यौपाने, कुसुमदेवी थापा, कृष्णकुमार श्रेष्ठ, गणेश पराजुली, चन्द्रबहादुर विश्वकर्मा, जीवन परियार, टेकबहादुर गुरुङ, ऋषि पोखरेल, अम्मरबहादुर रायमाझीलगायतले समसामयिक विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए। रासस


प्रकाशित : बिहीबार , जेठ २४ २०८११३:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend