आइतबार, भदौ २३ गते २०८१    
images
images

गण्डकीमा सात वर्षमा १ हजार ५ सय किलोमिटर सडक स्तरोन्नति

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , जेठ २४ २०८१
images
images
गण्डकीमा सात वर्षमा १ हजार ५ सय किलोमिटर सडक स्तरोन्नति

बहुवर्षीय योजनाका सडक, मोटरेबल र झोलुुङ्गे पुलका लागि १२ अर्ब ७३ करोड ९८ लाख बजेट सुनिश्चित भएको छ। अधिकांश तीन वर्ष र केही योजना दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य छ।

images
images

म्याग्दी- गण्डकी प्रदेश सरकारले सात वर्षमा १ हजार ५ सय किलोमिटरभन्दा बढी सडक स्तरोन्नति गरेको छ। चालु आर्थिक वर्षमा थप १ सय १९ किलोमिटर सडक कालोपत्र र ४१ दशमलव २ किलोमिटर ढलान भएको छ।  

images
images
images

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका अनुसार चालु आवको करिब ११ महिनामा सालबसाली र बहुुवर्षीय आयोजनामार्फत थप सय किलोमिटरभन्दा बढी ग्राभेल भएको छ। गत आव २०७९/०८० सम्म ५ सय ९९ किलोमिटर सडक ग्राभेल र ६ सय ६८ किलोमिटर कालोपत्र भएको थियो। 

'प्रदेश स्थापना भएदेखि हालसम्म आठ सय ८२ किलोमिटर सडक कालोपत्र र ढलान गरी स्तरोन्नति गरेका छौँ', उक्त मन्त्रालयअन्तर्गतको पूूर्वाधार विकास निर्देशनालयका निर्देशक महेन्द्र बानियाले भने, 'सडक निर्माण र स्तरोन्नतिमा हालसम्म ४८ अर्ब रुपैयाँभन्दा बढी खर्च भएको छ।' 

बाह्र अर्ब पुँजीगत बजेट रहेको भौतिक मन्त्रालयले चालु आवमा पुराना बहुवर्षीय र सालबसालीसहित एक हजार चार सय ६४ योजनालाई वार्षिक कार्यक्रममा समावेश गरेको थियो। यस वर्ष एक सय २७ प्रादेशिक सडक, पाँच वटा सङ्घीय समपूरक सडक, ३० पक्की पुल र चार झोलुङ्गे पुल आयोजना बहुवर्षीय ठेक्कामार्फत कार्यान्वयन भएका छन्। 

images

निर्देशक वानियाका अनुसार बहुवर्षीय योजनाका सडक, मोटरेबल र झोलुुङ्गे पुलका लागि १२ अर्ब ७३ करोड ९८ लाख बजेट सुनिश्चित भएको छ। अधिकांश तीन वर्ष र केही योजना दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य छ। 

राष्ट्रिय राजमार्गका वैकल्पिक सडक पनि खोल्ने र स्तरोन्नति गर्ने योजनालाई प्राथमिकता दिइएको भौतिक मन्त्रालयमार्फत एक निर्वाचन क्षेत्र, एक सडक, स्थानीय तहको केन्द्र जोड्ने, अन्तरजिल्ला, अन्तरपालिका जोड्ने रणनीतिक महत्वका सडक गौरवका आयोजनाका रुपमा कार्यान्वयनमा रहेका उक्त मन्त्रालयका सचिव शङ्करप्रसाद पण्डितले बताए। रासस 


प्रकाशित : बिहीबार , जेठ २४ २०८१०९:५१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend