बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

एक करोड २४ लाख लागतमा वडा कार्यालयको भवन निर्माण

images
बुधबार, जेठ २३ २०८१
images
एक करोड २४ लाख लागतमा वडा कार्यालयको भवन निर्माण

कार्यालयले आफ्नै भवनबाट मंगलबारदेखि सेवा प्रवाह गरेको छ। अब सेवा प्रवाहमा सहज हुने विश्वास लिइएको छ।

images
images

झापा- दाताले निःशुल्क उपलब्ध गराएको जमिनमा भद्रपुर नगरपालिका-३ को कार्यालय निर्माण भएको छ।

images
images
images

सरकारको एक करोड २४ लाख रूपैयाँको लागतमा दुईतले भवन निर्माण भएको हो। कार्यालयले आफ्नै भवनबाट मंगलबारदेखि सेवा प्रवाह गरेको छ।

images
images

स्थानीय ओमप्रकाश सरावगी, सत्यनारायण तायल, धनुहाङ सुहाङ, कल्याणकुमार राई, आइतबहादुर लिम्बू, श्याम थापामगर, निलमकुमार राई, कुवेर गुरुङ, भीमप्रसाद राई र केविर लिम्बूले पाँच कठ्ठा जमिन वडा कार्यालयलाई दान गरेका हुन्।

images
images

'साँघुरो भाडाको घरबाट सेवा प्रवाह त्यति सहज थिएन', वडाध्यक्ष हेमबहादुर कार्कीले भने, 'अब सेवाग्राही र कर्मचारीलाई काम गर्न असहज नहुनेमा विश्वस्त छु।' रासस


प्रकाशित : बुधबार, जेठ २३ २०८१११:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend