बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

सानेपा र महालक्ष्मीस्थानमा अपांगतामैत्री आकाशे पुल निर्माण हुँदै

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, जेठ २३ २०८१
images
सानेपा र महालक्ष्मीस्थानमा अपांगतामैत्री आकाशे पुल निर्माण हुँदै

पैदलयात्रुको सहजताको लागि आकाशे पुल निर्माण गर्ने सम्झौता विसं २०७५ मा भए पनि निर्माण कार्य भने केही महिनाअघिबाट मात्र सुरु भएको हो।

images
images

ललितपुर- ललितपुर महानगरपालिकाअन्तर्गत चक्रपथ क्षेत्रमा दुईवटा अपांगतामैत्री आकाशे पुल निर्माण भइरहेका छन्।

images
images
images

महानगरपालिका-२ सानेपा र ललितपुर महानगरपालिका-१३ महालक्ष्मीस्थानमा नयाँ आकाशे पुल निर्माण भइरहेका काठमाडौं चक्रपथ सडक विस्तार आयोजनाले जनाएको छ। ललितपुरको बालकुमारी, सातदोबाटो, एकान्तकुना, धोबीघाटमा आकाशे पुल निर्माण भइसकेका छन्। 

images
images

आयोजना प्रमुख कृष्णनाथ ओझाले यसअघि  चीन सरकारको सहयोगमा निर्माण भए पनि महालक्ष्मीस्थान र सानेपामा नेपाल सरकारले आफ्नै लागतमा आकाशे पुल निर्माणकार्य जारी रहेका जानकारी दिए। 

images
images

उनका अनुसार निर्माण हुँदैगरेका ती आकाशे पुल अपांगतामैत्रीसमेत हुने छन्। ओझाले भने, 'महालक्ष्मीस्थान चोक र सानेपा चोकमा यात्रुको भीडभाड धेरै भएकाले स्थानीयको मागअनुसार आकाशे पुल निर्माण हुन लागिएको हो। यी दुवै पुल ह्विलचियरसमेत गुडाउन मिल्ने गरी अपांगतामैत्री हुनेछन्।'

पैदलयात्रुको सहजताको लागि आकाशे पुल निर्माण गर्ने सम्झौता विसं २०७५ मा भए पनि निर्माण कार्य भने केही महिनाअघिबाट मात्र सुरु भएको हो। सम्झौताअनुसार दुवै पुल आगामी आर्थिक वर्षभित्र निर्माण गरिसक्नपर्ने छ। 

महानगरपालिका-२ का वडाध्यक्ष राजेश महर्जनले भीडभाड हुने मुख्य चोकमा आकाशे पुल निर्माण भएमा पैदलयात्रुलाई निकै सहज हुने बताए। 'यहाँ दैनिक सयौँ मान्छे आवतजावत गर्छन् तर आकाशे पुल नहुँदा दुर्घटनाको जोखिम छ। आकाशे पुल निर्माणपछि धेरै सहज हुनेछ', उनले भने। रासस


प्रकाशित : बुधबार, जेठ २३ २०८११०:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend