बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

लुम्बिनी प्रदेशमा एक अर्ब १२ करोडभन्दा बढी बेरुजु

images
मंगलबार, जेठ २२ २०८१
images
लुम्बिनी प्रदेशमा एक अर्ब १२ करोडभन्दा बढी बेरुजु

यस्तै, यहाँका एक सय नौ स्थानीय तहको ४ अर्ब ४८ करोड ९३ लाख १९ हजार रूपैयाँ बेरुजु बाँकी रहेको देखिएको छ।

images
images

लुम्बिनी- लुम्बिनी प्रदेशमा एक अर्ब १२ करोड ६३ लाख रूपैयाँभन्दा बढी बेरुजु रहेको पाइएको छ।  

images
images
images

प्रदेश प्रमुख अमिक शेरचनसमक्ष आज बुझाइएको महालेखापरीक्षकको छैटौँ वार्षिक प्रतिवेदन २०८१ अनुसार त्यस्तो पाइएको हो।

images
images

महालेखापरीक्षक लुम्बिनी प्रदेश कार्यालयका नायब महालेखापरीक्षक घनश्याम पराजुलीले प्रदेश प्रमुख शेरचनसमक्ष प्रतिवेदन पेस गर्नुभएको प्रतिवेदनमा यस वर्ष प्रदेश मन्त्रालय, समिति तथा अन्य संस्थासमेत गरी एक अर्ब १२ करोड ६३ लाख ४६ हजार रूपैयाँ बेरुजु कायम भएको उल्लेख छ।

images
images

यस्तै, यहाँका एक सय नौ स्थानीय तहको ४ अर्ब ४८ करोड ९३ लाख १९ हजार रूपैयाँ बेरुजु बाँकी रहेको देखिएको छ।

प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख शेरचनले आर्थिक अनुशासन र पारदर्शिता सबैले पालना गर्नुपर्ने बताए। उनले नियम कानुनको उल्लंघन गर्ने जोसुकै सजायको भागीदार बन्नुपर्नेमा समेत जोड दिए।

यसैबीच लुम्बिनी प्रदेश मुस्लिम आयोगले आजै प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ। रासस


प्रकाशित : मंगलबार, जेठ २२ २०८११७:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend