बिहीबार , असार २६ गते २०८२    
बिहीबार , असार २६ २०८२
images
images

पर्यटन बोर्डसँगको सहकार्यमा बेइजिङमा पर्यटन प्रवर्द्धन कार्यक्रम, चिनियाँलाई नेपाल भ्रमणमा प्रेरित गर्न अनुरोध

images
मंगलबार, जेठ २२ २०८१
images
images
पर्यटन बोर्डसँगको सहकार्यमा बेइजिङमा पर्यटन प्रवर्द्धन कार्यक्रम, चिनियाँलाई नेपाल भ्रमणमा प्रेरित गर्न अनुरोध

नेपालको पर्यटन उद्योगको विकासमा चिनियाँ उद्यमीहरूसँगको सहकार्य फलदायी हुने विश्वास लिइएको छ।

images
images

काठमाडौं- चीनको राजधानी बेइजिङस्थित नेपाली राजदूतावासले नेपाल पर्यटन बोर्ड र होटल एसोसिएसन अफ नेपाल (हान) सँगको सहकार्यमा बेइजिङमा पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरेको छ।

images
images

त्यस अवसरमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले नेपालका प्रमुख पर्यटकीय गन्तव्यबारे जानकारी दिँदै चिनियाँ समुदायलाई नेपाल भ्रमणका निम्ति प्रेरित गर्न त्यहाँका पर्यटन व्यवसायीलाई अनुरोध गरे। नेपालको आर्थिक विकासको प्रमुख माध्यम पर्यटन उद्योग भएकाले यस क्षेत्रको विकासमा चिनियाँ उद्यमीहरूसँगको सहकार्य फलदायी हुने बताए।

images
images

बेइजिङस्थित नेपाली राजदूतावासका अनुसार सोमबार भएको उक्त कार्यक्रममा होटल एसोसिएसन नेपाल (हान)का अध्यक्ष विनायक शाहले नेपालको पर्यटन उद्योग तथा उपलब्ध सुविधाबारे जानकारी दिएका थिए।

images
images
images

नेपाल पर्यटन बोर्डका निर्देशक सन्तोष पन्तले नेपालको पर्यटन सम्भाव्यतालाई केन्द्रमा राखेर ‘नेपाल गन्तव्य’ शीर्षकमा प्रस्तुति दिँदै नेपाल र चीनका पर्यटन व्यवसायीबीच निरन्तर सम्पर्क स्थापित हुनुपर्नेमा जोड दिए।

उक्त कार्यक्रममा नेपाली भूमिबाट  सगरमाथा आरोहण गरेका १५ चिनियाँ पर्वतारोहीलाई सम्मान गरिएको थियो।

चाइना एसोसिएसन इन ट्राभल सर्भिसका प्रतिनिधिसहित दुई सयभन्दा बढी नेपाली र चिनियाँ पर्यटन व्यवसायी तथा सञ्चारमाध्यमका प्रतिनिधि सहभागी थिए। रासस


प्रकाशित : मंगलबार, जेठ २२ २०८११४:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend